मुलुक आर्थिक संकटमा फस्दामात्र किन सम्झन्छ, बैदेशिक रोजगारलाई ?

मुलुक आर्थिक संकटमा फस्दामात्र किन सम्झन्छ, बैदेशिक रोजगारलाई ?

 

बैदेशिक रोजगारले देशको अर्थतन्त्रमा निकै टेवा पुर्याएको भए पनि बिप्रेषणसँग जोडिएको बैदेशिक रोजगारलाई मानविय र सामाजिक मुल्यमा राज्यले गलत ढंगले बुझेको छ ।
ईतिहास देखि वर्तमान सम्म विभिन्न कालखण्डहरुमा समग्र देशको आर्थिक परिसूचकहरु धरमाराउनुमा प्रत्यक्ष वा परोक्षरुपमा प्रमुख कारक विप्रेषण आम्दानीमा देखिएको शिथिलता हो भन्ने सत्यता प्रमाणित भएको छ । देशलाई गाह्रो–साह्रो परेको अवस्थामा पनि देशको अर्थ व्यवस्थाको बलियो आधार नै बैदेशिक रोजगार र रेमिटान्स हो भन्ने आधारका सम्पुष्टिहरु सायदै अब दिई राख्नु पर्दैन होला ।

देशलाई गाह्रो–साह्रो परेको अवस्थामा पनि देशको अर्थ व्यवस्थाको बलियो आधार नै बैदेशिक रोजगार र रेमिटान्स हो भन्ने आधारका सम्पुष्टिहरु सायदै अब दिई राख्नु पर्दैन होला ।

कृर्षि प्रधान देश आज बिदेशी सहयोग र रेमिटान्समा परनिर्भर हुनु पर्ने अवस्था बास्तवमै दुःखदायी छ । तर यो परिवेश आउनुमा देशको राजनैतिक अस्थिरता र वैईमानीले हो । राजनैतिक नेतृत्वहरु यति सम्म निर्लज्ज छन कि आफ्ना कमी कमजोरीहरुलाई सँधै लुकाउँछन, सत्तामा रहँदा प्रतिपक्षको र प्रतिपक्षमा हुँदा सत्तालाई दोषी करार गर्छन ।
हाम्रो देशको सत्ताको बागडोर सम्हाल्ने हरेक नेतृत्वलाई देशको अर्थबिज्ञानको बारेमा १० प्रतिशत ज्ञान हुँदैन भन्ने तथ्य वर्तमान अर्थमन्त्रीको स्वीकारोक्तीले प्रमाणित गर्दछ । जसलाई अर्थशास्त्रको ज्ञान नै छैन र राष्ट्रबैंकका गभर्नर जसले देशलाई वा सरकारलाई असहयोग गर्छन फलतः आजको आर्थिक संकट देशले ब्यहोरेको छ । कम्जोरी लुकाउन एक अर्कामा दोषारोपण गर्दैछन ।

देशले चिन्ता रेमिटान्सको मात्र गर्छ तर यसका स्टेकहोल्डरहरुलाई कानुनका दफा उप दफा, ब्यवधान र अवरोधहरुले निरुत्साहित गरेको अवस्था छ । तत्कालिन श्रम मन्त्री गोकर्ण बिष्टले मलेसिया रोजगारीमा नेपाली कामदारहरुको हक हितका लागी भन्दै प्रतिवन्ध लगायो, मन्त्री बिष्टको उक्त कामलाई वाह क्या वात भन्ने जामातहरु प्रशस्तै थियो जसको प्रत्यक्ष असर आज देशलाई परेको छ ।
यसको अर्थ युवाहरुको बैदेशिक रोजगारीको यात्रा समग्र देशको दिर्घकालिन रणनिती हुनु हुँदैन तर देशमा रोजगारका स्थायी आधारहरु स्थापित नहुँदा सम्म बैदेशिक रोजगारको बिकल्प पनि छैन । यदि विगतका ती बर्षहरुमा मलेसियाको रोजगारीमा अवरोध नभएको भए हालको विदेशी मुद्रा संचितीमा केहि भर थेक अवस्य पुग्थ्यो ।
तर मलेसिया नेपाली कामदारहरुमा रोजगारीको प्रतिवन्ध र खाडीमा तलब स्केल र सेवा शुल्कमा तोकिएको सीमा कै कारण वा कोभिडका कारण रोजगार गुमाएर फर्किएका बेरोजगार युवाहरुको जमात गाँऊ घरमा कुलतमा मात्र फसेका छैनन फगत क्यारेम्बोर्ड, भलिबल खेलेरै उर्जा शिल समयको दुरुपयोग गरिरहेका छन ।
देशमा लगानीकर्ताले लगानी गर्नु पुर्व आफ्ना लगानीको सुरक्षा र प्रतिफल हेर्छ तर त्यस्ता लगानीको सुरक्षा र प्रतिफलको लागी वातावरण तयार गर्ने काममा राज्यको महत्वपुर्ण जिम्मेवारी रहन्छ । फलस्वरुप आज देशबाट पुँजी मात्र हैन शैक्षिक जनशक्तिहरु नै पलायन भै रहेको अवस्था छ ।

हालै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अधिवेसनलाई सम्बोधन गर्दे पुर्व प्रधानमन्त्री के.पी.ओलीले नेपालमा कलेज सञ्चालन गर्न नदिएर बिद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलाएको भन्ने कुरा बोलेका छन । तर ओलीले आफ्नो कार्यकालमा राज्य स्तरबाट स्वदेशमा कति मेडिकल कलेज खोले त्यसको फेरिस्त भने बोलेनन । दुर्गा प्रसाईका जस्ता निजी मेडिकल माफियाहरुलाई स्थापित गर्न नसकेको कुण्ठा हो र थियो यो ।
बैदेशिक लागनी ल्याउन पनि लगानी कर्ताले त्यस देशको लगानी योग्य वातावरण र कानुनलाई हेर्ने गर्दछ । श्रम अधिकार र आवाज, कर्मचारीको कार्यसम्पादन क्षमता, राजनैतिक स्थिरता, भ्रष्ट्राचारको अवस्था, कमाएको रकम फिर्ता लैजान सक्ने वातावरणलाई समेत विश्लेषण गर्ने गर्दछन ।

श्रम अधिकार र आवाज, कर्मचारीको कार्यसम्पादन क्षमता, राजनैतिक स्थिरता, भ्रष्ट्राचारको अवस्था, कमाएको रकम फिर्ता लैजान सक्ने वातावरणलाई समेत विश्लेषण गर्ने गर्दछन  ।

बैदेशिक लगानीको सुरक्षा, लगानी राष्ट्रियकरण नगर्ने सरकारको प्रतिबद्धता तथा उत्पादन लागतको अवस्था, ढुवानी तथा पारवहनको सुविधा, श्रम ज्याला, राजनैतिक हस्तक्षेपमा सरकारको ध्यान र सहयोग पुग्नु पर्दछ । लगानी वातावरण सुधार गर्न समय सापेक्ष रुपमा आर्थिक क्षेत्रका ऐन, औद्योगिक व्यावसाय ऐन, विदेशी लगानी तथा प्रविधी हस्तान्तरण ऐन, बौद्धिक सम्पती सम्बन्धि कानुनमा सुधार, लगानी कर्तालाई सुविधा प्रदान गर्नका लागी उद्योग विभाग र कम्पनी रजिष्ट्रार कार्यलयमा सहजिकरणमा सुधार, औद्योगिक उत्पादन बढाउन उर्जाको दिगो आपुर्ति अनिवार्य आधार हुन सक्छन । बैदेशिक लागनीमा सुरक्षाको ग्यारेन्टी लगानी कर्ताको मुख्य शर्त रहन्छ ।
सँधै अस्थिर राजनिती वा अस्थिर सरकार बन्नु, कृर्षि उत्पादनमा आधुनिकरण÷विविधिकरण नहुनु , बैदेशिक लगानी र सहयोगमा कमी आउनु, देशको अन्तराष्ट्रिय ब्यापारमा (आयात निर्यात)मा समानता नहुनु, लक्ष्क्षित बिकास बजेट खर्च गर्न नसक्नु वा फ्रिज बस्नु वा रकमान्तर गर्नु पर्ने अवस्था सिर्जना हुनु, भारतले नेपाललाई दिँदै आएको अनुदानमा कटौटी गर्नु, राजनैतिक स्वार्थपुर्तिका लागी महंगो ब्याजदरमा बैदेशिक ऋण लिनु, कर छुटको दायरा बढाउनु तर कर योग्य आयको क्षेत्रगत बिस्तार नहुनु, देश भित्रै रोजगारी सिर्जना नगर्ने बैदेशिक रोजगारीलाई निरुत्साहित गर्नु, बौद्धिक जनशक्तिको पलायन, बित्तिय सु–शासन नहुनु, हरेक क्षेत्रमा भ्रष्ट्राचार र बढ्दो बेरुजु, अनुत्पादक क्षेत्र भन्दै पुँजीबजार लगायत अन्य क्षेत्रमा ऋण प्रवाह र लागनीको समय सीमा तोक्नु वा अंकुश लगाउनु, कर्मचारी तन्त्रले देश काल र परिस्थिती अनुरुप काम गर्न नचाहनु नै यो देशको आर्थिक दिवालिया पनको आधार बिन्दु हो ।

आम युवाहरुको सम्झाना गर्दै गर्दा तिनीहरुको आत्मसम्मान हुने काम सरकारले गर्न सकेको छैन । एन आर एन हरुलाई नेपालमै पुँजी ल्याएर लगानी गर्न प्रोत्साहित गर्ने कुनै ठोस योजना राज्यसँग छैन । तसर्थ रेमिटान्सको कमि पनि त्यसको कारक हो ।

वर्तमानमा देशले बल्ल बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको सम्झाना गरेको छ, जब देश संकटमा पर्छ नि अन्तिम समयमा सम्झनु नै यस क्षेत्रमा लागेका सम्बद्ध ब्यति वा पेशाको सम्मान हो । यद्धपि ती आम युवाहरुको सम्झाना गर्दै गर्दा तिनीहरुको आत्मसम्मान हुने काम सरकारले गर्न सकेको छैन । एन आर एन हरुलाई नेपालमै पुँजी ल्याएर लगानी गर्न प्रोत्साहित गर्ने कुनै ठोस योजना राज्यसँग छैन । तसर्थ रेमिटान्सको कमि पनि त्यसको कारक हो ।
महाबीर पुनलाई नचिन्ने सरकारले बिदेश पलायन भएका बौद्धिक शक्तिलाई पनि कहिल्यै चिनेन, यदि सरकारले रेमिटान्सको महत्व बुझकै हो भने यसका आधार क्षेत्रहरुलाई पनि उद्योग–ब्यावसाय सम्झिएर छुट, सहुलियत वा अन्य सुविधाको प्याकेज ल्याउनै पर्छ । त्यो भन्दा महत्वपुर्ण आधार स्वदेशमै रोजगारीको व्यवस्था गर्नु हो, बिकल्प बैदेशिक रोजगारी पर्ला तर कानुनी असहजता यसको जटिलता यद्धपि छँदै छ । अहिले सरकारले बिप्रेषणको वकालत गर्नु भनेको मर्ने बेलामा हरियो काँक्रो जस्तै हो । तर हरेक सत्ता जव जंघार तर्छ अनि लौरो बिर्षने गर्दछ, जुन ध्रुव सत्य पनि छ ।

लोकप्रिय