वीर अस्पताल : डा. अनिलको ज्यादती

वीर अस्पताल : डा. अनिलको ज्यादती

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालमा चरम भ्रष्टाचार हुने गरेको छ ।
तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरको अनियमितताको बारेमा चासो नदिंदा भ्रष्टाचार गर्नेहरुको मनोबल बढ्दै गएको छ ।
वीर अस्पतालको युरोलोजी बिभागमा केही बर्षयता कमसल सामाग्री तथा औजार खरिद गरी सो बिभागमा कार्यरत डा.अनिल श्रेष्ठले कमिसन बापत अकुत सम्पत्ति आर्जन गरी राज्यको करोडौं रुपैया खेर फालेको हुनाले खरिद गरिएका सामानहरुको बारेमा तथा उनले आर्जन गरेको सम्पत्तिको छानबिन गराउन मिडियाले आवाज उठाउन सहयोग गर्नेछ भन्ने अपेक्षा राखेका छौं ।
युरोलोजी बिभागमा केही बर्षअघि २० वाटको लेजर मेसिन खरिद गरिएको थियो । सो लेजर मेसिन खरिदबापत डा. अनिल श्रेष्ठले मोटो रकम कमिसन खाएका थिए । सो मेसिन खरिद गरिएको केही महिनादेखि बिग्रदै सेवा अवरुद्ध हुँदै आएको र बनाउनको निमित्त अस्पतालले लाखौं खर्च गरे पनि हाल चल्नै छोडेको अवस्था छ ।
युरोलोजी बिभागमा २० वाटको लेजर हुँदाहुँदै सो खरिद गरेको केही महिनामा अनावश्यक रुपमा १२० वाटको लेजर मेसिन करोडौमा खरिद गरिएको थियो । सो लेजर मेसिन खरिदबापत पनि डा. अनिल श्रेष्ठले मोटो रकम कमिसन खाएका थिए । सो मेसिन पनि खरिद गरिएको केही महिनादेखि नै बिग्रदै लाखौ खर्च भए पनि राम्रोसँग चल्न सकेको छैन ।
लेजर मेसिनसँग चलाउनका निमित्त केही थान  Flexible ureteroscope पनि लाखौंमा खरिद गरिएको थियो । सो खरिद वापत पनि डा. अनिल श्रेष्ठले मोटो कमिसन खाएका थिए । तर सबै Flexible ureteroscope पनि श्रेष्ठले नै लापरवाहिपूर्ण रुपमा चलाई सबै कामै नलाग्ने गरी बिगारेर पुनः खरिद गराई कमिसन खाने दाउ गरेका छन् । कुन  Flexible ureteroscope कुन सर्जनले बिगारेका हुन् भन्नेबारे अप्रेशन थियटरको रेकर्डमा हेर्न सकिनेछ ।
युरोलोजी बिभागमा अप्रेशन गर्ने Karl Storz को Tower पनि खरिद गर्दा डा. अनिल श्रेष्ठले कुस्त कमिसन खाएका थिए । सो Karl Storz को Tower पनि छोटो समयमा धेरै पटक बिग्रिएको छ ।
युरोलोजी बिभागमा अप्रेशन गर्ने ओलप्स को टावर पनि खरिद गर्दा पनि कमिसनको खेल भएको थियो । डा.अनिल श्रेष्ठले नै ती उपकरण खरिद गरेका थिए । सो ओलप्सको टावर पनि छोटो समयमा धेरै पटक बिग्रिएको छ ।
प्रोष्टेटको अप्रेशन गर्ने मेशिन पनि लाखांैमा खरिद गरिएको थियो । सो सेवा दिने भनी डा. श्रेष्ठ युरोपमा तालिम लिन गएका पनि थिए तर फर्केर आएपछि हालसम्म बर्षमा ४–५ जना बिरामीको मात्र अप्रेसन गरे पनि सबैमा लापरवाहीपूर्ण रुपमा अप्रेसन गरी बिरामीकै ज्यान खतरामा पारी हाल बर्षौंदेखि Holep बन्द अवस्थामा रहेको छ ।
लाखौमा KLS MARTIN नामको Cautery machine खरिद गर्दा पनि डा. श्रेष्ठले कुस्त कमिसन खाएका थिए । सो Cautery machine पनि खरिद गरेदेखि नै बिग्रदै खासै प्रयोगमा आउन सकेको छैन ।
बिभागमा राख्ने ठाउँ नहुँदा नहँुदै पनि करोडौंमा Urodynamic Machine खरिद गराई कमिसनको खेल खेलिएको छ । खरिद गरिएदेखि नै सो मेसिन ठाउँको अभावमा चल्न नसकेर थन्किएर बसेको छ । कमसल ESWL machine खरिद गरी कमिसन खाएको आरोप पनि वीरका कर्मचारीले पठाएको विवरणमा उल्लेख छ ।
त्यसैगरी, हाल संचालनमा आउन लागेको Surgical Building को अप्रेशन थियटरका सामानहरु खरिद गर्ने कमिटीमा बसी Table तथा Light खरिदमा कमिसनको लागि सप्लायर्सहरुसँग मोलमोलाई गरिरहेका छन् ।
माथि उल्लेख गरिएका बाहेक अन्य खरिदमा पनि डा. श्रेष्ठले बिशेष चासो दिई अस्पतालको तथा राज्यको करोडौं रुपैयाँ अनावश्यक रुपमा खर्च गराउनुका साथै कमिसनको निम्ति कमसल सामान खरिद गराएको, खरिद गरिएका सामान लापरवाही गरी आफै बिगारेको तथा तालिमको नाममा बिदेश समेत भ्रमण गरेर पनि सेवा नदिएको तथा गैरकानुनी रुपमा अकूत सम्पत्ति आर्जन गरेको बारेमा छानबिन गर्न माग गर्दछौ । वीर अस्पतालका कर्मचारीले पठाएको अनियमितताको विवरणमा उल्लेख छ ।
वीर अस्पतालमा हाल ओटी टेवल र ओटी लाइट साथै विभिन्न करोडौंका सामान कोटेशनमा खरिद गरी कमिसन खाने दाउमा शाखा अधिकृत डमरु दाहाल र डा. अनिल लागेका छन् ।

लोकप्रिय