निर्वाचन आयोगले कांग्रेसका नेता डा.शशांक कोइरालालाई सोध्यो स्पष्टिकरण
काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता डा .शशांक कोइरालाले २०७४ सालको निर्वाचनमा भएको खर्चको दाबीबारे निर्वाचन आयोगले स्पष्टिकरण सोध्ने भएको छ ।कोइरालाले खर्चबारे निर्वाचन आयोगमा बुझाएको विवरण फरक परेपछि यसबारे थप प्रष्ट पार्न आयोगले कोइरालालाई पत्र पठाउने भएको हो ।
निर्वाचन आयोगले खर्चको विवरण नमिलेकाले थप प्रष्ट पार्न कोइरालालाई ध्यानाकर्षण पत्र पठाउन लागेको हो । आयोग स्रोतले दिएको जानकारी अनुसार
हिजो आइतबार बसेको आयोगको पदाधिकारी बैठकले यसबारे छलफल गर्दै विवरण हेरेको थियो ।
आयोगको विवरणमा कोइरालाले २१ लाख ७५ हजार मात्र निर्वाचन खर्च देखिएका छन् तर उनले शनिबार एक सार्वजनिक कार्यक्रममा ६ करोड खर्च भएको दावी गरे । आयोगले कसरी ६ करोड खर्च भयो भनेर प्रष्ट हुनका लागि कोइरालालाई पत्र पठाउन लागेको जनाएको छ ।


प्रतिकृया दिनुहोस्