स्व. कुटुप्रति श्रद्धाञ्जली प्रकट

स्व. कुटुप्रति श्रद्धाञ्जली प्रकट

 

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका नेता गणेशमान कुटुका भाई नेपाली कांग्रेसका क्रियाशिल सदस्य गणेशराम कुटुको ५४ वर्षको अल्पायुमा हृदयघातको कारण गत २६ चैत्रमा अकल्पनीय निधन भएको छ ।
संघर्षशील एक जुझारु स्व. गणेशरामको निधनले गहिलो पिडामा परेको मध्यपुर नगरपालिका वडा नं. ३ कौशलटारका कांग्रेसीजन गहिरो पीडामा परेका छन् ।

लोकतान्त्रिक आन्दोलनमा निकै सहयोगी कुटुको श्रद्धाञ्जली कार्यक्रम उहाँकै निजी निवासमा वडा सभापति कृष्णहरि आचार्यको सभापतित्वमा गरि मनाएको छ ।
कार्यक्रममा सहासमिति सदस्य राजनकाजी त्वाँटी, प्रमिला आचार्य, सन्तोष भट्टराई प्रदेश महाधिवेशन प्रतिनिधि तथा नसस विनु केसी, इन्दिरा श्रेष्ठ, गरुडध्वज बस्नेत लगायत दर्जनौँं नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले स्वर्गीय कुटुको तस्वीरमा पुष्पापर्ण गर्दै मौनधारण समेत गरेर उहाँको योदानको चर्चा गर्नुभयो । वडा सभापति कृष्णहरि आचार्यले वडाको तर्फबाट समवेदना पत्र समेत प्रदान गर्नुभयो ।
उक्त शोकसभा नेपाली कांग्रेस क्षेत्रीय सभापति भेष बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम कार्कीले स्वर्गीय कुटुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको योगदानको मुक्तकण्ठले प्रसंसा गर्नुभयो ।

लोकप्रिय