एमालेको चुनावी गीत अध्यक्ष घिमिरेद्वारा सार्वजनिक
गाईघाट । नेकपा एमाले निकट राष्ट्रिय जन–सास्कृतिक महासंघ, उदयपुरले पार्टीको चुनावी गीत बजारमा ल्याएको छ । स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै महासंघले ‘भोट हालौ सबैले सूर्य छापमा’ भन्ने बोलको चुनावी गीत बजारमा ल्याएको हो ।चुनाबी गित बिशेष समारोहको बिचमा नेकपा एमालेका जिल्ला पार्टी अध्यक्ष प्रमेश्वर घिमिरेले सार्वजनिक गरेका छन ।
सैनध्वज दनुवारको शब्द र संगीतमा रहेको उक्त चुनावी गीत १३ मिनेट ३७ सेकेण्डको रहेको छ । लोक स्टारका उपविजेता विनोद दनुवार र अर्का गायक हिरा विश्वकर्माको स्वरमा रहेको गीत एडमिन चौतारी डट कम नामक फेसबुक च्यानलबाट सार्वजनिक गरिएको छ । गीत सार्वजनिक समारोहमा एमाले अध्यक्ष घिमिरे, एमाले नेतृ महेश्वरी राई, युवा नेता खगेन्द्र पोखरेल लगाएतको उपस्थिति रहेको थियो ।
गीत तयार गर्न सहयोग गर्ने एमाले नेताहरु मञ्जु चौधरी, प्रमेश्वर घिमिरे, ईश्वरमणि राउत, भागवत राउत, महेश्वरी राई, शारदा कुमारी दनुवार, तिर्हा दनुवार, अमर बहादुर दनुवार, दिपक राउत, खगेन्द्र पोखरेल लगाएतलाई सम्पूर्ण टिमलाई धन्यवाद दिईएको छ ।
गीतको लिक पनि रहेको छ ।



प्रतिकृया दिनुहोस्