नव बर्षको उपलक्ष्यमा लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरीद्वारा मृगौला पिडित र आश्रमलाई आर्थिक सहयोग
काठमाडौँ । नब बर्ष २०७९ को उपलक्ष्यमा लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरी द्वारा सिन्धुपाल्चोक घर भई काठमाडौँमा उपचार गर्दै आएकी दुई वटानै मृगौला खराब भएर थलिएकी रिता आचार्यलाइ रु.२५,०००(पच्चीस हजार) र जनजाति कल्याण आश्रम मुलपानीलाई रु. १८,०००(अठार हजार) गरि जम्मा रु. ४३,००० (त्रिचालिस हजार) आर्थिक सहयोग गरिएको छ। आर्थिक अभाब झेलेर किड्नी ट्रान्सप्लाण्ट गर्न समस्या परेको र दुइ छाक खान समेत समस्या भोगीरहेको पिडित रिता आचार्य र आश्रममा आश्रित बालबालिकाहरुको लागि नयाँ बर्षको सुरुवातमा केहि सहयोग गरि बर्ष भरिनै सहयोग गर्ने उद्घोष गरेको छ।
लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरी सक्रिय रुपमा सामाजिक कार्यमा अगाडि बढेको लायन्स क्लब हो। क्लबकि अध्यक्ष दुर्गा बिसुराल, क्लस्टर चिफ टंकनाथ पौडेल, रिजन चेयरपर्सन राजेश बिसुराल, जि एल टी कोर्डिनेटर भुपराज काफ्ले, सचिब जनकराज पाठक सदस्य द्वय लायन नविन उप्रेती लायन पुर्णिमा उप्रेतीको उपस्थितिमा मृगौला पिडित आचार्य र आश्रमलाइ नगद हस्तान्तरण गरिएको थियो।
लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरीकि अध्यक्ष बिसुरालले सामाजिक कार्यमा कहिले नथाक्ने र बर्ष भरिनै यसरीनै लायन्स क्लब द्वारा दुखि पिडितको पिडामा मल्हम लगाउने र सेवारुपी हातहरु नरोकिने बताएकी छिन् ।


प्रतिकृया दिनुहोस्