भरतपुर महानगरमा कांग्रेसको दावी : मन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले चितवनको भरतपुर महानगरमा कांग्रेसबाटै उम्मेदवार उठाउनु पर्ने बताएका छन् । ०७४ मा कांग्रेसले नेकपा माओवादी केन्द्रकी नेता रेनु दाहाललाई समर्थन गरेको थियो ।
वैशाख ३० मा हुने स्थानीय चुनावमा सत्तागठबन्धनले तालमेल गर्ने भने पनि छ वटा महानगरमा कहाँ कसको उम्मेदवार रहने टुंगो भने रहेको छैन । छ महानगर र ११ महानगरमा उम्मेदवार छान्नेबारे आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्री शर्माले यसपटक भरतपुर महानगरको मेयर अरू पार्टीलाई छाड्न नहुने बताएका छन् । यो पटक भरतपुरमा कांग्रेसबाट मेयर हुनुपर्छ’, उनले भने, ’माओवादीले यसपटक पनि कांग्रेसले सघाओस् भन्ने चाहन्छ तर मेयर छोड्नु हुन्न।’
महामन्त्री शर्माले भरतपुरमा माओवादीले मेयर छाड्न नसक्ने हो भने मित्रवत प्रतिस्पर्धा गर्न सकिने बताए । शर्माले देशैभर गठबन्धन गर्न नसकिने पनि बताएका थिए । चितवन कांग्रेसले यसपालि भरतपुरको मेयर अरू पार्टीलाई छोड्न नसक्ने अडान राखिरहेका छन् ।


प्रतिकृया दिनुहोस्