सुन, मोबाइल र ल्‍यापटपसहित विमानस्थलबाट एक जना पक्राउ

सुन, मोबाइल र ल्‍यापटपसहित  विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४० ग्राम सुन, मोबाइल र ल्‍यापटपसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलारी गाउँपालिका(८ घर भएका भागदेव कठरिया थारु रहेका छन् ।
जजिरन एयरको विमानबाट दुबइबाट कुवेत हुँदै काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट
आज सोमबार पक्राउ गरेको छ ।

प्रहरीले भागदेवले ल्‍याएको ४० ग्राम सुनको लकेट, एप्पलको म्‍याक बुक प्रो एमआई १४ तथा आइफोन १३ प्रो म्‍याक्स र आइफोन ११ प्रो म्‍याक्स फोन गरी करिब १० लाख ४ हजार ८०० मूल्‍य बराबरको सामान बरामद गरेको छ ।

 

पक्राउ परेका उनलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बताएको छ ।

लोकप्रिय