कुमारी बैंकद्वारा बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टलाई ३ लाख सहयोग

कुमारी बैंकद्वारा बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टलाई ३ लाख सहयोग

 

काठमाडौ । कुमारी बैंकले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई रु ३ (तीन) लाख सहयोग गरेको छ ।
एक औपचारिक कार्यक्रमकाबीच बेलका नगर प्रमुख दुर्गा कुमार थापा र उपप्रमुख राज कुमारी चौधरीलाई बेलका शाखाले चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ । बिगत ३ बर्ष देखि सेवा सञ्चालन गर्दै आएको बैंकले स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्दै सामाजिक उतरदायित्व अन्तरगत अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरेको कुमारी बैंक बेलका शाखा प्रमुख अमित झाले जानकारी दिएका छन् ।
बेलका नगर प्रमुख दुर्गा कुमार थापाले कुमारी बैंक बेलका शाखालाई धन्यवाद दिदै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको बताए ।

 

लोकप्रिय