यसकारण नेमकिपाको गढ भत्काउन सक्षम छन् बालकृष्ण श्रेष्ठ

यसकारण नेमकिपाको गढ भत्काउन सक्षम छन् बालकृष्ण श्रेष्ठ

भक्तपुर । भक्तपुर कांग्रेसले उम्मेदवार छान्ने प्रक्रियालाई अन्तिम रुप दिँदैछ । केही दिनभित्रै आफ्नो प्रतिनिधिले निर्वाचन आयोगमा उम्मेदवारी दिँदैछन् ।
आकांक्षीहरु बढि छन् तर, जसले टिकट पाएपनि एक साथ लड्ने भक्तपुर कांग्रेसका सम्पूर्ण नेता कार्यकर्ताहरुले प्रतिवद्धता जनाइसकेका छन् ।
लोकप्रिय र सक्षम उम्मेदवार चुन्नका लागि नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ सक्रिय भई लागेको छ । यसबीच भक्तपुर क्षेत्र नं. २ अन्र्तगत पर्ने मध्यपुर थिमी नगरपालिकामा समेत मेयर, वडाध्यक्ष र सदस्यहरुमा लोकप्रिय जनाधार भएका र विकासप्रेमी कांग्रेसी प्रतिनिधिहरुको चुन्ने काम हुँदैछ ।
मध्यपुर थिमी नगरपालिका नेमकिपाको गढ भनेर चिनिन्छ । तर, जहाँ यस्ता व्यक्ति छन् टिकट पाएको खण्डमा नेमकिपाको गढ भत्किन्छ । उनी हुन् बालकृष्ण कृष्ण श्रेष्ठ । उनी यसपटक मध्यपुर थिमी वडा नं. ८ को वडाध्यक्षमा आकांक्षी देखिएका छन् । उनले टिकट पाएमा नेमकिपाको गढ भत्किने भनाई त्यहाँस्थित स्थानीयको युवाहरुको भनाई छ ।
को हुन् श्रेष्ठ ?
२०२८ सालदेखि निरंंकुश पञ्चायत विरुद्ध आन्दोलनको अगुवा श्रेष्ठ २०४६ सालयता नेपाली कांग्रेसमा सक्रिय भई लागेका छन् । यसबीचमा उनले कठोर जेल, नेलको समेत सामना गर्नुप¥यो ।
श्रेष्ठ ०५४ सालको स्थानीय निर्वाचनमा मध्यपुर थिमी नगरपालिका वडा नं. १ मा भारी मतले विजयी भएका वडाध्यक्ष समेत हुन् । जनतामाझ लोकप्रिय श्रेष्ठ विकासप्रेमी नेताका रुपमा चिनिन्छन् ।
भक्तपुर परापूर्वककालदेखि कै सांस्कृतिक सम्पदाहरुले भरिपूर्ण शहर भएकाले ती सम्पदाहरुको संरक्षणमा समेत उनको सक्रिय भूमिका रहेको छ ।
आधुनिकीकरणको नाममा इतिहास झल्कने सांस्कृतिक सम्पदाहरुको विनास हुँदै गईरहेको अवस्थामा विश्वसामू पहिचानका लागि मौलिक सांस्कृतिक सम्पदाहरुको जगेर्ना हुनुपर्नेमा उनको जोड छ । त्यसै सिलसिलामा उनले आफूँ वडाध्यक्ष हुँदा मध्यपुरथिमीस्थित महालक्ष्मी मन्दिरको पुर्ननिर्माण समेत गरेका थिए ।
उनले ०५४ सालमै ढल निर्माण कार्यको सुरुवात गरेका छन् । त्यसैगरी फोहोर व्यवस्थापन, सडक निर्माणलगायत स्वास्थ्य शिक्षाको क्षेत्रमा उल्लेखनीय कार्य गरेका छन् । उनै विकासप्रेमी र दुरदर्शी प्रतिनिधिलाई चुन्न मध्यपुर थिमी वडा नं. ८ का जनता आतुर छन् ।

 

 

लोकप्रिय