महोत्तरीमा जुरमुराउँदै एमाले : पूर्ब संबिधानसभा सदस्य झा ३ हजार दलबल सहित एमाले प्रबेश
बर्दिबास । पूर्ब संबिधानसभा सदस्य चन्देश्वर झा ३ हजार दलबल सहित एमाले प्रबेश गरेका छन् ।
झालाई एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आज महोत्तरीको बलवा नगरपालिकास्थित पडौल बजारमा आयोजित पार्टी प्रबेश कार्यक्रममा औपचारिक रूपमा एमाले भित्र्याएका हुन् ।
उक्त कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीबाट पनि सयौँको सँख्यामा एमाले प्रबेश गरेका थिए ।
झा महोत्तरी क्षेत्र नं. ३ बाट दोश्रो संबिधानसभामा स्वतन्त्र रूपमा संबिधानसभा सदस्य निर्वाचित भएका थिए । झा जिल्लाका लोकप्रिय ब्यक्ति हुन् ।
पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले सचिव महासेठले एक सय बर्षमा नभएको बिकास एमालेले ३ बर्षमा गरेको दाबि गरे ।
पूर्व उपप्रधानमन्त्री महासेठले भने –‘सय बर्षमा नभएको बिकास एमाले सरकारले ३ बर्षमा गरेको योजना आयोगको तथ्यांकले पुष्टि गर्छ ।’
बर्तमान सरकारको पालामा मुलुकको अर्थतन्त्र धारासायी बनेको उनले बताए । उनले भने –‘परमादेशी सरकार असफल भईसकेको छ । मुलुकमा आर्थिक मन्दी छाएको छ । अर्थतन्त्र ठप्प छ ।’
प्रतिपक्षले चुनावी गठवन्धन बनाउने परिपाटी भएपनि सत्तारूढ दलहरूले प्रतिपक्ष विरूद्ध गठबन्धन बनाएको बताए ।
उनले भने ( ू सत्तारूढ गठबन्धन मानसिक रूपले पराजित बनिसकेकाले एमालेलाई जसरी पनि हराउन चुनावि गठबन्धन बनाएका हुन् । तर त्यो दिवास्वप्न मात्रै हो ।


प्रतिकृया दिनुहोस्