युक्रेनमा आपत्‌मा परेका नेपालीको उद्धारको पहल हुँदैछ: जर्मनस्थित नेपाली राजदूत

युक्रेनमा आपत्‌मा परेका नेपालीको उद्धारको पहल हुँदैछ: जर्मनस्थित नेपाली राजदूत

जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काले युक्रेनमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहेको जानकारी दिएका छन् ।

युक्रेन पनि हेर्ने सो दूतावासले नेपालीहरू समस्यामा नपरून् भनेर कोसिस गरिरहेको उनले बताएका छन् ।

युक्रेनमा रहेका नेपालीहरू समस्यामा नपरून् भनेर विभिन्न माध्यमबाट जानकारी लिइरहेको उनको भनाइ छ ।

सरकारले युक्रेनमा युद्ध सुरु भएपछि त्यहाँ रहेका नेपालीलाई जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा आउन आग्रह गरेको छ ।

हालसम्म १ सय ३५ जना सम्पर्कमा आएका छन् । सम्पर्कमा आउने क्रम जारी छ ।

युक्रेनमा रहेको एनआरएनको सहयोगमा उनीहरूका लागि के गर्न सकिन्छ भनेर छलफल भइरहेको छ ।

युक्रेनमा रहेका नेपालीलाई तनाव कम भएका युक्रेनकै पश्चिमतिरको लविभव शहरमा जान आग्रह गरिएको छ ।

नेपाली बसोबास गरेको क्षेत्रमा गोलाबारी भए पनि कोही हताहत नभएको राजदूत खड्काले बताएका छन् ।

 

 

लोकप्रिय