स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले स्याङ्गजामा क–कसलाई बनाउँदैछ उम्मेदवार ?
स्याङ्गजा । यही वैशाख ३० मा सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुले आ आफ्ना उम्मेदवारहरु छान्ने क्रम लगभग अन्तिम चरणमा पुगेको जनाएको छ ।
यसबीच स्याङ्जा जिल्लामा सत्तारुढ गठबन्धन दलबीच भागवण्डा नमिल्दा तीव्र विवाद भईरहेको छ । सत्ता गठबन्धनमा तालमेल भईहाले पनि घात प्रतिघातको खतरा देखिन्छ भने एमालेले जनप्रेमी र विकासमा काविल उम्मेदवारहरुलाई अघि बढाउने अन्तिम तयारी गरेको छ ।
स्याङ्गजा जिल्लामा नेकपा एमालेले आँधीखोला गाउँपालिका, वालिङ्ग नगरपालिका र हरिनास गाउँपालिकापालिकामा उम्मेदवारको टुँगो लगाईसकेको छ । बाँकी रहेका ८ पालिकाहरुमा समेत छिट्टै टुँग्गो लगाउने समाचार स्रोतको भनाई छ ।
यसभन्दा अगाडि अर्थात २०७४ सालको निर्वाचनमा सत प्रतिशत एमालेले विजय हाँसिल गरेको आँधिखोला गाउँपालिकामा अध्यक्ष विश्व पौडेल र उपाध्यक्ष सिता थापालाई उम्मेदवार बनाउने घोषणा गरेको ।
पौडेल नेकपा एमाले जिल्ला कमिटिका उपसचिव हुन् भने थापा जिल्ला समन्वय समितिको सदस्य हुन् ।
यस्तै वालिङ नगरपालिकाको नगरप्रमुखको उम्मेदवार कृष्ण खाँण र उपप्रमुखको उमेदवार खगिसरा थापा घोषित गरिएको छ । नगरप्रमुखमा १० जनाको उम्मेदवारी रहेको वालिङमा खाँणलाई सर्वसम्मत निर्णय गरिएको नेकपा एमाले वालिङ नगरकमिटीले जनाएको छ । खाँण जिल्ला कमिटीका उपाध्यक्ष हुन् भने थापा जिल्ला कमिटी सचिवालय सदस्य हुन् ।
हरिनास गाउँपालिकामा अध्यक्ष खिमनाराण मानन्धरले दोहो¥याउने भएका छन् । उपाध्यक्षमा ईन्द« कुमारी थापा सर्वसम्मत चएन भएकी छन् ।
समाचार सूत्रका अनुसार पुतलीबजार नगरपालिकामा हालका मेयर सीमा क्षेत्रीलाई उम्मेदवार बनाउने सम्भावना प्रबल रहेको जनाएको छ ।
पुतलीबजार नगरपालिकाका मेयर क्षेत्री नगरबासीमाझ लोकप्रिय प्रतिनिधि हुन् । अघिल्लो पाँच वर्षे कार्यकालमा नगरपालिकाको विकास र सुशासनको क्षेत्रमा उल्लेख्य काम गरेका कारण जनतामाझ लोकप्रिय छन् । साथै लैङ्गिक समावेशिताको लागि पनि क्षेत्रीलाई पुनः मेयरको उम्मेदवार बनाउने सम्भावना बढेको छ । क्षेत्रीय नेकपा एमालेका केन्द्रीय सदस्य पनि हुन् ।
त्यसैगरी कालीगण्डकी गाउँपालिकाका अध्यक्ष थापाले गाउँकै मुहार फेरेपछि स्थानीयबासीमाझ वाहवाही कमाएका छन् । उनको कार्यकुशलता र नगरबासीको सेवामा समर्पित भावनाका कारण फरक पार्टीमा आस्था राख्ने गाउँपालिकाबासीमाझ पनि उनी लोकप्रिय प्रतिनिधि हुन् ।
थापाले पालिकामा बलियो जनाधार बनाएका कारण गठबन्धनलाई परास्त गर्न पनि पार्टीले उनलाई पुनः उम्मेदवार बनाउने सम्भावना बढेको छ ।
अहिले सत्ता गठबन्धनसँग कडा टक्कर गर्नुपर्ने अवस्था सिर्जना भएकाले एमालेले बलियो उम्मेदवारलाई अघि सार्ने योजना अनुरुप यी दुवै पालिकामा पुरानै प्रतिनिधि दोहो¥याउन लागेको छ । अन्य पालिकाहरुका लागि समेत बलियो उम्मेदवारलाई अघि सार्ने तयारीमा नेकपा एमाले जुटेको छ ।


प्रतिकृया दिनुहोस्