कार्कीलाई कांग्रेसले न्याय गर्ला त ?
भक्तपुरमा चिरपरिचित नाम हो भेष बहादुर कार्की । २०३६ सालदेखि प्रजातन्त्रका लागि कांग्रेसको झण्डा बोकेर हिँडेका उनले कयौं प्रजातान्त्रिक आन्दोलनको क्रममा जेल जीवन विताए । यत्ति भन्दा अनर्थ नहोला कि आफ्नो जीवन नै नेपाली कांग्रेसका लागि समर्पित गरे ।
हाल कार्की नेपाली कांग्रेस क्षेत्र नं. २ भक्तपुरका क्षेत्रीय सभापतिको जिम्मेवारीमा छन् । तत्कालिन गुण्डु गाउँ विकास समितिका अध्यक्ष भई कुशल भूमिका निर्वाह गरेका कार्की आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सूर्यविनायक नगरपालिकाका लागि मेयर पदका आकांक्षी हुन् ।
आफ्नो जीवनको उत्तरार्धमा एकपटक भक्तपुरबासीको सुख र समृद्धिका लागि समर्पित हुने उनको ठुलो ईच्छा छ । तर, पछिल्लो समय नेपाली कांग्रेसमा डनवाद र धनवादको दबदबा रहेको भन्दै आफूँले टिकट नपाउने हो कि भन्ने आशंका पनि उनीसामू रहेको छ ।
उनी भन्छन–‘पार्टीमा योगदान गरेको आधारमा मूल्यांकन भयो भने त मैले टिकट पाउनेमा पक्कापक्की छ तर, दबाब र प्रभावका कारण त्यो नहुन पनि सक्छ ।’
सुर्यविनायक नगरपालिकामा पछिल्लो समय आर्थिक अपारदर्शिता, भ्रष्टाचार र जनताको काममा ढिलासुस्ती लगायतका गुनासाहरु बढेका छन् । सार्वजनिक जग्गाको नगरपालिकाले संरक्षण गर्नुको साटो ठाडै विक्रि वितरण गर्ने, भूमाफियासँग अनैतिक साँठगाँठ गर्ने, जनताले तिरेको करको आसेपासे मार्फत भ्रष्टाचार गरी हालका जनप्रतिनिधिहरुले अकूत कुम्ल्याईरहेको आरोप लगाउँदै उनी यस्ता जनविरोधी हर्कतप्रति दुःख व्यक्त गर्दछन् । यी तमाम बेथितिहरुको अन्त्य गर्दै सूर्यविनायक नगरबासीहरुको सुख र समृद्धिका लागि पनि उनी नगरपालिकाको नेतृत्वमा पुग्न चाहन्छन् ।
विगत ४० वर्षदेखि नेपाली कांग्रेसको पक्षमा जनमत तयार पार्न यौवनका उर्वर दिनदेखि आजपर्यन्त समर्पित भएर लागेको उनको दाबी छ । मैले नेपाली कांग्रेसको झण्डा प्रतिबन्धित कालदेखि निरन्तर उठाएको छु । मतदातासँग प्रत्यक्ष सम्पर्कमा छु, जनताको माझमा छु । नगरबासीको खुसीका लागि अहोरात्र खटिएको छु । निश्चय पनि पार्टी र नगरबासीले मलाई माया र हौसला प्रदान गर्नेछन् । उनमा पूर्ण विश्वास छ ।
सूर्यविनायक नगरपालिका नेपाली कांग्रेसको बलियो पकड रहेको नगरपालिका भएको उनको दाबी छ । अघिल्लो स्थानीय र संसदीय निर्वाचनमा हार्नुका कारणबारे भने उनी यसो भन्दछन्–‘मतदाता कम भएर होइन हामीलाई मतदाताले घुक्र्याएको हो । मतदाताले कांग्रेस सुध्रियोस् भनेर सचेत गराएका हुन्, रुष्ट भएका छैनन् । त्यसताका कांग्रेस राजनैतिक उतार चढावमा परेको मात्र हो ।’
विगत ४० वर्षदेखि नेपाली कांग्रेसको पक्षमा जनमत तयार पार्न यौवनका उर्वर दिनदेखि आजपर्यन्त समर्पित भएर लागेको उनको दाबी छ । मैले नेपाली कांग्रेसको झण्डा प्रतिबन्धित कालदेखि निरन्तर उठाएको छु । मतदातासँग प्रत्यक्ष सम्पर्कमा छु, जनताको माझमा छु । नगरबासीको खुसीका लागि अहोरात्र खटिएको छु । निश्चय पनि पार्टी र नगरबासीले मलाई माया र हौसला प्रदान गर्नेछन् । उनमा पूर्ण विश्वास छ ।
नेपाली कांग्रेसमा आवद्ध भएपनि आम नगरबासीको सेवामा जीवन विताएका कारण आफूँलाई नगरबासीले पूर्ण विश्वासका साथ मतदान गर्ने भन्दै यसपटक आफूँलाई मेयरको उम्मेदवार बनाउन पार्टी पंक्तिसामू अपिल समेत गरेका छन् ।
कार्कीको राजनीतिक योगदान
१ २०३६ सालमा घोषित बहुदल निर्दलको निर्वाचनमा लेखनाथ न्यौपाने बाट गठित बिभिन्न समितिमा रहेर काम गरेको । २०३५।०३६को आन्दोलनमा नेपाली काँग्रेसको सदस्यता लेखनाथ न्यौपानेबाट तर्खगालमा प्राप्त ।
२ २०३९ सालमा बीपीको अस्तु प्रबाहमा सत्याग्रहको निमित्त राजालाई दिएको ज्ञापन पत्रको निमित्त पांचसय एकाउन्नको हस्ताक्षर गरि बुझाउँदा पक्राउ, बृक्षारोपण, रत्तदान एवं जनजागरण अभियानमा पटक पटक पक्राउ र यातना ।
३ २०४२ सालको सत्याग्रहमा जेठ दश गते पक्राउ र नख्खुकारागारमा बन्दी ।
४ २०४१ को स्वबियु निर्वाचनमा बिश्वभाषा क्याम्पसमा नेबिसंघको तर्फबाट र २०४२ सालमा गठ्ठाघार क्याम्पस, सानो ठिमीमा सभापतिको उम्मेदवार ।
५ २०४३ सालको पंचायती निर्वाचनमा आउट पोष्ट कब्जा कार्यक्रममा गुण्डु गापंको वडा नं ५ मा सदस्य निवौचित र जिल्लापंचायतको सदस्यमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार ।
६ २०४६ सालको जनआन्दोलनमा गिरप्mतारी भै सेन्ट्रजेल र त्यहाँबाट सरुवा गरि चौतारा जेलमा बन्दी ।
७ २०४९ र २०५४ मा नेपाली काँग्रेसको तर्फबाट गुण्डु गाबिसको अध्यक्षमा उम्मेदवार ।
८ २०४२ साल देखि निरन्तर नेपाली काँग्रेसको जिल्ला समितिमा रहिकाम गरेको ।
९ २०४८को महाधिबेशनमा महाधिबेशन प्रतिनिधी र २०५७को दशौं महाधिबेशनम महासमिति सदस्य ।
१० २०५६ सालमा गरीब संग बिश्वेश्वर कार्यक्रम भक्तपुरको जिल्ला अध्यक्ष ।
११ दशौं र एघारौं अधिबेशनमा गुडु गाबिसको सभापति भएर संगठन एवं आन्दोोलनमा क्रियाशील भएको ।
१२ जनआन्दोलन भाग २मा भक्तपुरमा नेतृत्व लिएर बिभिन्न कार्यक्रममा सहभागी हुनुका साथै राजाको प्रत्यक्ष शासनको बीरुद्धमा बिरोध कार्यक्रमका दौरान पटक पटक पक्राउ ।
१३ नेपाली काँग्रेसको निर्देशन अनुरुप २०३६ सालबाट हरेक कार्यक्रममा क्रियाशील ।
१४ साप्ताहिक नेपाली आवाज, प्रक्षेपण दैनिक, दवाव साप्ताहिक लगायतका पत्रपत्रिकाहरुको संम्पादन एवं प्रकाशन । त्यसैगरी लोकतान्त्रिक दबाब साप्ताहिक र दैनिक समाज डटकमको सम्पादन एवं प्रकाशन ।
१५ २०४२ सालदेखि २०६४ सालसम्म निरन्तर नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका सदस्य ।
१६ नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नेपाली कांग्रेस क्षेत्र नं. २ भक्तपुरको सभापतिमा निर्वाचित ।


प्रतिकृया दिनुहोस्