मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकहरुलाई भरतपूर टाउन रेसिडेन्सीमा विशेष छुट

मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकहरुलाई भरतपूर टाउन रेसिडेन्सीमा विशेष छुट

 

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्ड वाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन भरतपूर टाउन रेसिडेन्सी Bharatpur Town Residency ) सँग विभिन्न सेवाहरुमा विशेष १० प्रतिशत सम्मछुट प्रदानगर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड वाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले भरतपूरुमा रहेको भरतपूर टाउन रेसिडेन्सी लाउन्ज एण्ड बारमा बसाई र खाना तथा परिकारहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card  प्रयोग गरी नेपाल भरी रहेकोVISA Network  मा आवद्ध अन्य जुनसुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड ,मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको  बैकले जनाएको छ ।

 

 

लोकप्रिय