विगतमा खिम थापालाई भोट नहालेकोमा पाण्डेले माने पछुतो : यसपटक हाम्रालाई होइन राम्रालाई भोट हाल्न कुबेतबाट गरे अपिल
पाण्डे सन भनेर चिनिने शेष नारायण पाण्डे अहिले कुवेतमा छन्। लामो समय देखि कुवेतमा रहदै आएका उनी नेपाली कांग्रेसका कार्यकर्ता समेत हुन। बिद्यार्थी जिवन देखि नेपाल बिद्यार्थी संघ हुदै राजनितीमा लागेका उनी स्याङजाको कालिगण्डकीका कांग्रेस कार्यकर्ताहरुलाई यसपटकको निर्वाचनमा पछुताउने गरी मतदान नगर्न आग्रह गर्दै सन्देश पठाएका छन्।
यस्तो छ सामाजिक सन्जालमा उनले गरेको आग्रह :
स्विकार्नु पर्छ हामी र हाम्रो एरिया बिकास को गति मा निकै पछाडी परेको एरिया हो,आजको सताब्दी मा हामी आफुलाइ डोर्याउदै गर्दा जन्मजात कुनै पार्टी विशेष लाई अन्धाधुन्द सपोर्ट गर्न भन्दा पनि बिकासको गति लाई थोरै भयपनी अगाडि बडाउने त्यो नेतृत्व चुनौ जसले आफ्नो माटो आफ्नो गाउँलाई माया गरोस र आफ्ना जनताहरुका पिरमर्का र उनिहरुका आर्तमा लागेका घाउहरुमा मल्हम लगाउने प्रयास गरोस।
मैले आस्था राख्दै आएको पार्टी भन्दा माथि उठेर यस्पाली हाम्रोलाई होइन राम्रोलाई चुनौ भन्नेकुरालाई आत्मसाथ गरेर अगाडि बढेको छु र सम्पुर्णमा यो अनुरोध पनि छ।
खिमबहादुर थापा त्यो नाम हो जस्लार्इ कालिगण्डकी गाउपलिकाका हर कुना कुनाले मात्र नभयर केन्द्रीय स्तरसम्मका ब्याक्तित्वहरुसंग आफ्नै किसिमको परिचय बनाउन सफल र पार्टि बिशेषलाई मात्र नभयर हरेक मतदातालाई समान देख्ने एउटा समान ब्यबहारिक नेता बनेका छन्।
गएको निर्वाचनमा जिते देखि उने आफ्नो पालिकाको काम र आफ्ना जनताका पिर मर्कामा घर आगनमा पुगेर आफ्नो उपस्थिती देखाउने दुख दर्दमा साथ सपोर्ट र होस्टेमा हैसे गर्दै आएका छन्। त्यसैले म भन्छु वोन मेन आर्मीको नाम हो खिम थापा।
बिगतमा खिम थापाजीको आगमनले गाउपालिकाले मुहार फेरेको कुरा मा कुनै शंका छैन। हिजो के थियो र आज के छ सामान्य मानिसले बुझ्ने कुरा हो, ऐना झै छरलङ्ग छ।।
जस्ले राम्रो गरेको छ उस्लार्इ राम्रो भन्नू हाम्रो कर्तब्य हो, हौसलाले मानिसलाई अझै राम्रो गर्न तर्फ औलाउछ र त्यो हौसला हामिले अब दिनेबेला आएको छ।
अघिल्लो चुनाबमा खिम थापा जिको बिरुद्दमा मतदान गरेकोमा अहिले मलाई पश्चाताप लागेको छ। म मेरो परिबार लगायत धेरै परिबारलाई छ ,त्यो पछुतो आउदो दिन मा अबस्य हुन दिनु हुदैन।
अब त्यो पछुतोलाई मेटायर गौरब गर्ने बेला आयको छ।
आफ्नो बिध्यार्थि जीवनमा राज्निती गरेता पनि लामो समयको प्रदेस बसाइले पनि म पुर्ण रुप मा राजनैतिक बिज्ञ त हैन तर यथार्थलाई नियाल्दा यस्पाली मेरो मनले त्यै भनेको छ ताकी खिम बहादुर थापालाई यसपाली चुनाबमा भोट दिइयन भने पक्कै अन्याय हुनेछ, स्वार्थीपन हुनेछ अनि अबिवेकी काम हुनेछ।
मैले नेकपा एमालेलाई भोट दिनुहोस भनेको नभए खिम थापा जिलाई मिस नगरम भनेको हो । किनकी वाहा त्यस्तो लिडर हो जो अरु कोहि हुनै सक्दैन।।
काम गरि देखायको उदाहरण्ीाय पात्रलाई हौसला स्वरुप अगाडि बढाइयो भने अबस्य हाम्रो गाउपालिकाले अझै राम्रो बिकासको मुहार देख्न पाउनेछ र हामीले बिकास निर्माणको उपयोग,उपभोग गर्न पाउने छौं।
अब कुरा आउन सक्छ यो मान्छे हिजो कालो कांग्रेस हु भन्थ्यो आज यो कुरा गर्दैछ,। हो अब बौद्दिक स्तर को राजनिती गर्ने हो ,कै माखो नमार्ने नेतृत्व चुन्न भन्दा बिकास प्रेमी र जनताको भावना बुझ्ने जननेता चुन्ने हो। त्यसैले मैले यो भनि रहेको छु।
खिम थापा जि त्यो नेता हो जसले केही गरि देखाउनु भएको छ र आगामी दिन मा झन बिकासको गतिले अझै रफ्तार दिने कुरामा कुनै संका छैन।।
कांग्रेस प्रमुख समेत रहेका बर्तमान प्रधानमन्त्री सेरबहादुर देउवाले आफ्नै कार्यकालमा टाउकाको मूल्य तोकेका माओवादीहरु संगको साठगाठमा चितवनमा नेपाली काग्रेसका कार्यकर्तालाई माओवादीको सपोर्टमा मतदान गर्न लगाएर जिताएको ईतिहास हामी संग छ। आज फेरी त्यै दोहोरिएको छ।
त्यसैले राजनिती यस्तो बिषय रहेछ जहाँ गर्नै नहुने र बोल्नै नहुने कुराहरु गर्दा र बोल्दा पनि पाच्य हुदा रहेछ्न।। मलाइ नेपाली कांग्रैसबाट यसपाली गाउपालिका अध्यक्ष उमेदवारमा कस्को उम्मेद्बारी छ भन्नेकुराको जानाकारी त छैन तर जो हुदा पनि आदरणीय खिम थापाको टक्कर मा बिकास गर्न सक्ने त्यस्तो इमान्दार नेता मैले कसैमा देखेको छैन।
खिमबाहादुर थापा जि त्यो जननेता हो जस्लाइ हामिले यसपाली अत्याधिक बहुमतले जितायर वहाको कार्य उत्सुकता बडायर गाउपालिकाको मुहार फेर्नु छ।
त्यसैले पार्टी नहेरौ एक भोट हात नकमाइकन गौरबका साथ आदरणीय खिम थापा जिलाई दियौ पक्कै आफ्नो माटोले हामीलाइ आशिर्वाद दिनेछ।।
माथिल्लो तहका नेताले जहाँ जता साठगाठ गर्न पनि हुने तर हामीले आफ्नो मनले खामेको ब्यक्तिको बारेमा यथार्थ परक कार्यहरुको साथमा सपोर्ट गर्नु गलत होइन भन्नेकुरा मा म ढुक्क छु।।
खिम थापा जीले गरेका सामाजिक कार्यहरु को कार्यमुल्यांकन गर्दै,हाम्रो यसपालिको मत वहाँलाई पुरस्कार हो।।
काम गरेपछी अबस्य मुल्यांकन हुदोरहेछ भन्ने कुराको ज्ञान बर्तमान र भाबी पिढीलाई पनि होस भन्दै इन्स्पिरेस्नल काममा हामी अगाडि बढेका हौ,होइन भने म र हाम्रो परिबारले आजसम्मको यो दिनमा रुख छोडेर सुर्यलाई भोट हालेका छैनौ र हाल्नेछौ भन्ने कल्पना पनि गरेका थिएनौ तर जीवनमा नसोचेको पनि हुन्छ भन्ने सुनेको थिए आज प्रमाणित हुदैछ।
खिम थापा जीले मन जित्नु भो हामी जस्तो कालो कांग्रेसको भोट तान्न सक्ने क्षमताबान ब्याक्तित्व ,आफ्नो निर्णयमा अडिग,निर्भिक सालिन अनि बौद्दिक नेतृत्वलाइ छाती ठूलो गरेर गौरबका साथ मत दिन म हाम्रो परिबार लगायत सम्पुर्ण मा सहृदय अनुरोध गर्दछु।।
कार्यअपडेट र सल्लाह सुझाबको लागि भाइ किङलाई धन्यबाद,सत्ययुग राम लक्षमणको पालामा भाइले दाजुको पाइला पछ्याउने परम्परा हो तर ऐले हामी कलियुग मा छौ र म दाजु भएपनी मेरा भाइहरुका हर पाइलाहरु पछ्याउन तयार छु।।
यसपाली हाम्रो लाई होइन राम्रो लाई जिताऔ
पक्कै बिकास्को स्वाद चाख्न पाइने छ।।
जय कालिगण्डकी जय खिम थापा।।


प्रतिकृया दिनुहोस्