गोकर्णेश्वर कांग्रेसमा ठुलो विद्रोह : मेयर र उपमेयर सहित सबै पदमा हार्ने आंकलन
गोकर्णेश्वर नगरपालिकामा मेयर, उपमेयर, वडा अध्यक्ष, वडा सदस्यका लागि उम्मेदवार चयन एकलौटी भएको भन्दै नेपाली कांग्रेसमा व्यापक असन्तुष्टि देखिएको छ ।
नेपाली कांग्रेसका नेताले टिकट वितरणमा मनोमानी ढंगले एक पक्षीय निर्णय गरि आफु खुसि ढंगले टिकट वितरण गरेको भन्दै व्यापक असन्तुष्टि जनाउदै मनोनयन दिने दिन हिजो बैशाख १२ गते पद र क्रियाशिल सदस्यबाटै राजिनामा दिएका छन । प्रायस् सबै पदमा कांग्रेसका वागी उम्मेदवार उठेका छन।
कांग्रेसको राम्रो पकड रहेको गोकर्णेश्वरमा उम्मेदवारी वितरणमा असन्तुष्टि जनाउदै वागी उठेपछि कांग्रेसले चुनाव हार्ने र नेकपा९एमाले०, नेकपा९एकीकृत समाजवादी० र नेकपा९माओवादी केन्द्र ० को दुई दलिय गठबन्धनले मेयर,उपमेयर र सबै वडाअध्यक्ष एंव सदस्यहरूले चुनाव जित्ने स्थिति देखेर पार्टीलाई माया गर्ने पुराना र नयाँ कार्यकर्ताहरू धेरै चिन्तित भएका छन।
टिकट वितरणमा मनोमानी ढंगले एक पक्षीय निर्णय भएको भन्दै वडा सभापति,प्रदेश सचिव, वडा कार्यसमितिका सदस्य,पुर्व इकाई सभापति,पुर्वनगर सभापति,क्रियाशिल सदस्यहरू लगायतले राजिनामा दिएको घोषणा गरेका छन।
नेपाली कांग्रेस वडा नं। ८ का वडा सभापति लक्ष्मण चौंलागाई, वडा नं। ३ का इकाई सभापति श्याम बहादुर श्रेष्ठ, वडा नं। २ का इकाई सभापति दीपेन्द्र लामा, २ नं वडाका पूर्व इकाई सभापति प्रेम प्रसाद श्रेष्ठ, काठमाडौं क्षेत्र नं ३( प्रदेश ९क० का सचिव राजेश थापा,प्रदेश ९ख० का सचिव जयराम महत, वडा नं(९ का पुर्व सचिव बुद्विमान तामाङ, पूर्व नगर सभापति श्रीकृष्ण ज्योती, उपसभापति,क्षेत्रीय प्रतिनिधि लगायत १०० जना भन्दा धेरैले पार्टी साधारण सदस्य समेत नरहने गरी पद तथा क्रियाशिल सदस्यबाटै राजिनामा घोषणा गरेका छन। यी सबै जनाधार भएका स्थानीय नेता र सकृय कार्यकर्ता हुन।
असन्तुष्ट कार्यकर्ताहरुले मेयर, उपमेयर वडा अध्यक्ष र वडा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन। यसरी स्वतन्त्र उम्मेदवारी दिनेहरुमा गोकर्णेश्वरका पुर्व नगर सभापति श्रीकृष्ण ज्योतीले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन। यी कांग्रेस सभापति कृष्ण प्रसाद भट्टराईले ५० हजार राजनीतिक सहयोग गरेका ०४७ सालका पुराना नेता हुन। क्षेत्रीय प्रतिनिधि लक्ष्मी पुडासैनीले उपमेयरमा उम्मेदवारी दिएकी छिन । उनी यो क्षेत्रकै बौद्विक र सकृय महिला नेतृ मानिन्छन।
वडा नं। २ का पूर्व इकाई सभापति प्रेम प्रसाद श्रेष्ठले वडा नं। २ मा वडाअध्यक्षमा उम्मेदवारी दिएका छन। उनी २ नं वडाका पुराना नेता हुन। क्षेत्र विगार्ने भडुवा नेतृ अम्बिका बस्नेत र कांग्रेसका ऐजेरू मानिने पर्शुराम पोखरेलले समेत मान्ने जनाधार भएका नेता मानिन्छन। काठमाडौं क्षेत्र नं(३ प्रदेश ९ख० का सचिव जयराम महतले वडा नं। ४ को वडा अध्यक्षमा उम्मेदवारी दिएका छन।
उनी उपमेयर उम्मेदवार शान्ति नेपालको गृह वडाबासी हुन। ४ नं वडाका निवर्तमान वडा सदस्य भएर महतले जनप्रिय काम गरेकाले यश वडामा उनी निकै लोकप्रिय छन। उनले यश वडामा विद्रोही उम्मेदवारी दिदा ४ सय भन्दा बढी मत ल्याउने कांग्रेसका स्थानीय कार्यकर्ताहरूले बताएका छन। ८ नं वडा सभापति लक्ष्मण चौंलागाईले वडा नं। ८ को वडा अध्यक्षमा उम्मेदवारी दिएका छन। साथीभाईले गैडा भनी जिस्काउने चौलागाईले पनि ४५० मत काटने चर्चा छ।
यसैगरि काठमाडौं क्षेत्र नं(३ ९ख० का सचिव राजेश थापाले ९ नं वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका । यो वडा निवर्तमान मेयर सन्तोष चालिसे र हालका कांग्रेसका मेयर उम्मेद्वार दिपक रिसालका गृह वडाका लोकप्रिय नेता हुन। १ नं वडाका क्रियाशिल सदस्य जित बहादुर तामाङले १ नं वडाअध्यक्षमा उम्मेदवारी दिएका छन। उनलाई सुन्दरीजलका पुर्व इकाई सभापति शेर बहादुर तामाङले उठाएका हुन।अहिले उनी राप्रपा प्रवेश गरेका छन। गोकर्णेश्वर नगरका ९ वडामध्ये ७ वडामा कांग्रेसका कार्यकर्ताले विद्रोह गर्दै वडा सदस्य, वडाअध्यक्ष,नगर उपप्रमुख र नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका छन ।
यसले राम्रो राजनीतिक भविष्य भएका आसालाग्दा युवा नेता दिपक रिसाल मेयरमा नराम्रोसँग पराजित हुने भएका छन। जनाधार नभएकालाई टिममा बोकेर हिडदा उनको राजनीतिक भविष्य समाप्त हुने भएको छ। कांग्रेसले उम्मेदवारी दिन जादा ७ वटा वडाका सभापति,प्रदेश ९ख० का सभापति विमल ठकुरी,सचिव जयराम महत,कार्य समितिका बहुमत सदस्य उपस्थित भएका थिएनन। यसैगरि प्रदेश (क) का सचिव,कार्यसमिति सदस्य,काठमाडौं क्षेत्र नं ३ का सभापति तथा निवर्तमान मेयर सन्तोष चालिसे,सचिव भुवन लामा,पुर्व सचिव किरण केसी सहित पाँच सय भन्दा बढी पुराना,त्यागी र सकृय कार्यकर्ता पनि रयाली र मनोनयनपत्र दर्ता कार्यक्रममा उपस्थित नभएर असन्तुष्टि जनाएका थिए। मनोनयनपत्र बुझाउन जादा रिसाल र नेपालको अनुहार न्याउरो र निचोरेको कागतीको जस्तो देखिन्थ्यो।


प्रतिकृया दिनुहोस्