नबिल बैंकको १४ नयाँशाखा उद्घाटन
काठमाडौँ । नबिल बैंकले आज (बिहीवार) धुम्बाराही माली गाउँ काठमाडाँै, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलि डाँछी काठमाडौं, चिसा पानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दह चोक काठमाडौंमा गरी १४ नयाँशाखाको एक साथ उद्घाटन गरेको छ ।
उपरोक्त शाखा कार्यालयमा आज आयोजित उद्घाटन कार्यक्रम÷समारोहका बिच प्रमुखअतिथि नबिल बैंकका अध्यक्ष श्री उपेन्द्रप्रसाद पौडेल र काठमाडौं महानगर पालिका वडा नं. ५ का वडा अध्यक्ष श्री रमेश डङ्गोलले संयुक्त रुपमा धुम्बाराही माली गाउँ शाखा, बैंक संचालक श्रीमती आशा राणा अधिकारी र ललितपुर महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री गणेश अर्यालले संयुक्त रुपमा गुसिंगाल शाखा, बैंकका सञ्चालक श्री उदयकृष्ण उपाध्याय र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री भोज राज घिमिरेले संयुक्त रुपमा थलि डाँछी शाखा, बैंक संचालक श्री अनन्त पौड्याल र महालक्ष्मी नगरपालिका ललितपुरका मेयर (नगर प्रमुख)श्री रामेश्वर श्रेष्ठले संयुक्त रुपमा इमाडोल शाखा, तथा बैंकका सञ्चालक श्री प्रविन टिबडेवालार चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री हरी प्रसाद चापागार्इँले संयुक्त रुपमा दुवाकोट शाखाको उद्घाटन गर्नुभयो ।
यसै गरी नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री सुजितकुमार शाक्य र चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री निरज पौडेलले संयुक्त रुपमा दहचोक शाखा, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री विनयकुमार रेग्मी र नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक श्रीमती रंजना पौडेल पण्डीतले संयुक्त रुपमा मुर्गिया र खैरेनी शाखा, नबिल बैंकका प्रमुख वित्त अधिकृत श्री मनोज कुमार ज्ञवाली र हेटौंडा स्कूल अफम्यानेजमेन्टका प्राचार्य पुरन बहादुर जोशीले संयुक्त रुपमा चिसापानी शाखा, नबिल बैंकका प्रादेशिक प्रमुख– प्रदेश १ श्री सुबोध लोहनी र नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका निर्देशक श्रीमती मीना पाण्डेले संयुक्त रुपमा पुष्पलाल चोक शाखा,नबिल बैंकका प्रमुख संचालन अधिकृत श्री गणेश प्रशाद अवस्थी र नेपाल राष्ट्र बैंक, वीरगन्ज कार्यालयका निर्देशक श्री राजन देव भट्टराईले संयुक्त रुपमा जीतपुर शाखा,नबिल बैंकका प्रमुख व्यापार अधिकृत श्री ज्ञानेन्द्र प्रताप शाह र नेपाल राष्ट्र बैंक, जनकपुर कार्यालयका निर्देशक श्री नीरा ताल्चा भडेलले संयुक्त रुपमा महेन्द्रनगर र ढल्केबर शाखा, तथा नबिल बैंकका अन्तराष्ट्र्यि व्यापार तथा रणनीतिक विस्तार प्रमुख श्री आर्दश बजगार्इँर रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री कमल बहादुर थापाले संयुक्त रुपमा झुम्का शाखा कार्यालयको उद्घाटन गर्नुभयो ।
बैंकले कार्यक्रमका अतिथिहरु, बैंक सञ्चालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरु एवं बैंकका उच्च पदस्थ अधिकारीहरु तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै समयमा १४ नयाँशाखाको उद्घाटन गर्ने कार्यक्रमतय गरेको थियो ।उद्घाटन गरिएका शाखा कार्यालयहरु देहाय बमोजिम रहेका हुँदा सेवा ग्राही तथा ग्राहकहरुले आफुलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी विभिन्न बैंकिङ्ग सुविधा लिन सक्नु हुनेछ ।
क्र.सं. शाखा ठेगाना
१. धुम्बाराही मालीगाउँ काठमाडौं महानगरपालिका ५, काठमाडौं
२. जीतपुर जितपुर सिमरा उपमहानगरपालिक७, बारा
३. दुवाकोट चाँगुनारायण नगरपालिका २,भक्तपुर
४. गुसिंगाल ललितपुर महानगरपालिका १, ललितपुर
५. इमाडोल महालक्ष्मी नगरपालिका ४, ललितपुर
६. थलि डाँछी कागेश्वरी मनोहरा नगरपालिका ५, काठमाडौं
७. चिसापानी हेटौंडा उपमहानगरपालिका१६, मकवानपुर
८. पुष्पलालचोक विराटनगर महानगरपालिका३, मोरङ
९. मुर्गिया सैनामैना नगरपालिक वडा नं. ३, रुपन्देही
१०. खैरेनी देवदहनगरपालिक वडा नं.६,रुपन्देही
११. झुम्का रामधुनी नगरपालिका वडा नं.८, सुनसरी
१२. महेन्द्रनगर क्षिरेश्वरनाथ नगरपालिका वडा नं.५, धनुषा
१३. ढल्केबर मिथिला नगरपालिका वडा नं. ६, धनुषा
१४. दहचोक चन्द्रागिरी नगरपालिका वडा नं. १, काठमाडौं
विगत ३७ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरुलाई पूर्ण रुपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्नेछ । मुलुककै अग्रणी बैंक मध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ती देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ । बिहीबार उद्घाटन भएका १४ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४८ पुगेको छ । बैंकले १८८ एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दैै आईरहेको छ । नबिल बैंक आफ्ना सेवाग्राही तथा ग्राहकहरुलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध छ ।
देशकै अग्रणी तथा आम लगानीकर्तालाई उच्च प्रतिफल दिन सफलयस नबिल बैंकले उत्पादन मूलक क्षेत्र तथा युवालाई प्राथमिकतामा राखेर बैकिङ सेवा प्रदान गर्नुका साथै पर्यावरण र मानव समाजलाई सहयोग पुग्ने क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्ने प्रतिवद्धता गरेको छ ।

प्रतिकृया दिनुहोस्