क्षेत्रीय सभापति कार्कीद्वारा बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन अपिल

क्षेत्रीय सभापति कार्कीद्वारा बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता  लिन अपिल

 

भक्तपुर । नेपाली कांग्रेस क्षेत्र नं. २ भक्तपुरका सभापति भेषबहादुर कार्कीले सम्पूर्ण कांग्रेसी नेता तथा कार्यकर्ताहरु र मतदाताहरुलाई एकढिक्का भई आउँदो स्थानीय तहको निर्वाचनमा सहभागि हुन अपिल गर्नुभएको छ ।
सभापति कार्कीले हालै एक प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभएको छ–‘नेपाली कांग्रेस लोकतन्त्र र जनताको पक्षधर पार्टी हो । जनताको हितका लागि पनि नेपाली कांग्रेस एक भएर अगाडि बढ्नुपर्ने अवस्था सिर्जना भएको छ । आगामी वैशाख ३० मा सम्पन्न हुने स्थानीय तहको निर्वाचन जनताको सेवामा समर्पित हुने सुवर्ण अवसर पनि भएको हुनाले एकढिक्का भएर निर्वाचनमा होमिऔं र चुनावमा जित हाँसिल गरौं ।’
विज्ञप्तिमा पार्टीका केही असल र निष्ठावान नेताहरु समेत उम्मेदवार बन्न नसकेकोप्रति दुःख व्यक्त गर्दै भन्नुभएको छ, ‘सत्ता गठबन्धन बिच मिलेर अगाडि बढ्ने क्रममा नेपाली कांग्रेसले गठबन्धनमा सहभागि भएका अन्य पार्टीका उम्मेदवारहरुलाई समेत भागवण्डा पु¥याउनु पर्ने भएकाले सबै आकांक्षीलाई समेट्न नसकेका हौं । यस विषयमा मलाई पनि दुःख लागेको छ । भावी दिनमा असल र कर्तव्यनिष्ट नेता तथा कार्यकर्ताहरुलाई नेपाली कांग्रेसले उचित मूल्यांकन गर्नेछ ।’
अन्त्यमा विज्ञप्तिमार्फत सभापति कार्कीले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिएर सहयोग आग्रह गर्न गर्दै  नेपाली कांग्रेसलाई सानदार रुपमा विजयी गराउन अपिल गर्नुभएको छ ।

लोकप्रिय