‘भोट दिनुहोस्, विकास दिन्छु’ भन्दै जनताको घर घरमा पुग्दैछन् श्रेष्ठ
श्रीकृष्ण श्रेष्ठ भक्तपुर मध्यपुर थिमी नगरपालिका भित्र सुपरिचत राजनीतिक नाम हो । श्रेष्ठ लामो सयम देखि नेपाली काँग्रेसमा आवद्ध हुनुहुन्छ ।
यही वैशाख ३० गते हुन गइरहेको आसन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस मध्यपुर थिमी वडा न. २ को तर्फबाट वडा अध्यक्ष पदका सशक्त कर्मठ युवा उम्मेदवार श्रेष्ठ यतिवेला मतदाताको घर दैलोमा पुगेर भोट माग्न व्यस्त हुनुहुन्छ ।
यसअघि ०७४ मा पनि यस वडामा नेपाली काँग्रेसले चुनाव जितेको थियो । उक्त बिरासत जोगाउने दायित्व श्रेष्ठको काँधमा आइलागेको छ ।

त्यसका लागि श्रेष्ठसहित वडा समितिमा रहेका दलका नेताको दलबलसहित उनी मतदाताको घर दैलोमा पुगेर नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भएकाहरुलाई भोट दिन वडाबासी मतदातासँग आग्रह गरिरहेका छन ।
हिजोको दिनमा नेपाली काँग्रेसकोतर्फबाट निर्वाचित वडा अध्यक्षले जनताको मत जित्ने गरी बिकास निर्माणका साथै पुर्वाधार निर्माणको काम गरेकोले पनि यसपपट पुन भोट माग्न श्रेष्ठलाई अझ सजिलो परेको छ ।
श्रेष्ठको राजनीतिक संलग्नता
श्रेष्ठ ०५३ सालमा नेविसंघ सानोठिमी क्याम्पस स्ववियु उप–सभापति उम्मेदवार बनेका थिए । २०५५ नेविसंघको जिल्ला सदस्य हुँदै उनी २०५९ सालमा तरुण दल भक्तपुरको जिल्ला अध्यक्ष बनेका थिए ।
२०६२÷६३ दोश्रो जनअन्दोलनमा उपत्यका परिचालन समितिमा रहेर काम गरेका श्रेष्ठ नेपाली काँग्रेसको १२ औँ राष्ट्रिय महाधिवेसनमा २ नं. वडा इकाइ सभापति र ०७८ मंसिरमा सम्पन्न १४ औँ राष्ट्रिय महाधिवेसनबाट प्रदेससभा सदस्य निर्वाचत हुन सफल हुनुभयो ।
सामाजिक संलग्नतामा श्रेष्ठ
सन् २००७ श्रेष्ठ ठिमी जेसिजको अध्यक्षमा चुनिनु भएको थियो । रेयुकाइ नेपाल मध्यपुर उपशाखा संस्थापक तथा २०५३ निर्वाचित अध्यक्षसमेत हुन सफल हुनु भएको थियो । निचिरेन शोसु अध्यात्मिक संस्था नेपालकासमेत उनी अध्यक्ष हुनु भएको थियो । आदर्श मावि विद्यालय व्यवस्थापन समितिम रहेर पनि श्रेष्ठले काम गरिसक्नु भएको छ ।
यस्तै, माध्यामिक बिद्यालयसम्मको अध्ययन नेपाल एस् ओ एस बालग्राममा विद्यालयमा गर्नुभएका श्रेष्ठ कुनै समय मेधावी छात्रमासमेत दरिनु भएको थियो । श्रेष्ठ यस भेगका लोकतन्त्रवादी, समाजसेवी मानिन्छन । साथै अग्रज अभिभावकहरूको सान्निध्यमा हुर्किएका एक कुशल एवंम युवाहरुको ढुकढुकी हुनुहुन्छ ।

सानै उमेरदेखि राजनीतिक तथा सामाजिक कार्यमा सक्रिय श्रेष्ठ कुशल एवं जुझारु र पार्टीमा पूर्णकालीन रुपमा खटेका कार्यकर्ताको परिचय बनाएका इमान्दार युवा नेता हुनुहुन्छ । यही कारण पनि श्रेष्ठलाई नेपाली काँग्रेस पार्टीले मध्यपुर ठिमी २ नं. वडाको वडा अध्यक्ष पदको उम्मेदवारको रूपमा अघि सारेको हो ।
तसर्थ यस वडामा नेपाली काँग्रेसको तर्फबाट अध्यक्षको सशक्त उम्मेदवार र श्रेष्ठको टिमलाई निर्दिष्ट रुख चिह्नमा आफ्नो अमूल्य मत दिई विजय गराउन हुन सम्पूर्ण वडावासी आमा बुबा, दाजुभाइ, दिदीबहिनीलगायत सम्पूर्ण युवाहरूमा नेपाली काँग्रेस मध्यपुर ठिमी २ नं. वडा कार्य समितिले विनम्रतापूर्वक अनुरोध गरेको छ ।


प्रतिकृया दिनुहोस्