मिलेर जाऔं, गठबन्धनलाई विजयी बनाऔं

मिलेर जाऔं, गठबन्धनलाई विजयी बनाऔं

भेष बहादुर कार्की, क्षेत्रीय सभापति नेपाली कांग्रेस क्षेत्र नं. २

नेपाली कांग्रेस भक्तपुरलाई चुनावी चटारोमा छ । भक्तपुर कांग्रेसका केही नेता कार्यकर्ताहरुले मेयर र वडा अध्यक्षहरुमा गठबन्धनको विरुद्धमा उम्मेदवारी दिएर भरतपुर महानगरपालिका झैँ विद्रोही आवाज समेत बुलन्द बनाएका छन् ।
सूर्य विनायक नगरपालिकामा क्षेत्र नं. २ का निवर्तमान क्षेत्रीय सभापति नारायण खयमलीले बागी उम्मेदवार दिएका छन् भने सुनपाकै २, ३ र ६ नंं. वडामा पनि बागीले अध्यक्षमा उम्मेदवारी दिए । २ र ३ नं. का वडा अध्यक्षलाई त नेपाली कांग्रेसकै ओरिजनल टिकट समेत प्रदान गरिएको थियो । भने ६ नंं. का वडा सभापतिले स्वतन्त्र उम्मेदवारी दर्ता गरेर कायम राखेका छन् ।
२ का वडा अध्यक्षका बागी सुभाष कार्कीले नाम फिर्ता लिए भने आधिकारिक उम्मेदवार वडा नं. ३ मा दिपेन्द्र केसी भएकोले ३ का वडा सभापति प्रभु भक्तमाडी श्रेष्ठको नाम निर्वाचन आयोगले रद्द गरिदियो । उता भक्तपुर नगरपालिका ३ मा पनि २ जनाले कांग्रेस टिकटमा दोहोरो उम्मेदवारी दर्ता गरेका थिए । दोब्बर लाल सिलाकारको नाम आयोगले रद्द गरि शिव अवाललाई कांग्रेसको आधिकारिक मानेको छ ।
यसै सन्दर्भमा स्थानीय निर्वाचनमा कांग्रेस नेताहरुको आग्रहलाई स्वीकार गर्दै सुनपाका मेयरका बागी उम्मेदवार नारायण खयमली लगायतका नेताहरुले नाम फिर्ता लिएका छन् । उता मध्यपुर थिमी नगरपालिकाका वडा अध्यक्षका वागीहरुले पनि आफ्नो नाम फिर्ता गर्दै आधिकारिक उम्मेदवारलाई सघाउन थालेका छन् । यिनै विषयलाई लिएर नेपाली कांग्रेस क्षेत्र नं. २ भक्तपुरका क्षेत्रीय सभापति भेष बहादुर कार्कीसँग गरिएको संक्षिप्त कुराकानी :

बागी र असन्तुष्ट नेता कार्यकर्ताहरुलाई सुझाव
क्षणिक आवेश र टिकटको उत्कट चाहनाले आवेशमा केही भाई साथीहरुले आक्रोश पोख्न बागी बन्न पुग्नुभयो । यसलाई अस्वाभाविक चाहिँ ठान्नु हुँदैन । विधि र प्रक्रिया अनुरुप दिएको टिकटलाई च्यालेन्ज गर्न बागी बन्नु भन्दा आपसी सल्लाह र समझदारीलाई समस्याको समाधान गर्न सकिन्थ्यो । तै पनि धेरै साथीहरुले आफ्नो तातो रिस शान्त पार्न बागी बन्नुभयो । कोही क्षणभरको लागि निष्क्रिय बन्न पुुग्नुभयो । अब सबैको रिस शान्त भएको छ । बागीले आफ्नो नाम हटाएर कांग्रेसको झण्डा झुक्न नदिन र गठबन्धनलाई विजयी बनाउन कम्मर कसेर लाग्नुभएको छ । यद्यपि बागी उम्मेदवारहरु पनि कांग्रेसी नै हो । कांग्रेसी हार्दा उहाँलाई पनि मिठो लाग्दैन होला । विश्वास छ छिट्टै आधिकारिक उम्मेदवारकै पक्षमा समर्थन जनाउँदै पूर्ववत जिम्मेवारी सम्हाल्न शरिक हुनुहुनुछ ।

गठबन्धन कति कसिलो ?
गठबन्धन कसिलो बन्न सकेको छैन । मध्यपुर मध्यपुर थिमी नगरपालिका र सूर्यविनायक नगरपालिका भन्दा मध्यपुरका ९ वटै वडामा ४ महिना र ५ खुल्ला पुरुष सदस्य एमाओवादीलाई उपमेयर समेत दिएका छौँ । सुनपामा भने उपमेयर एकीकृत समाजवादीलाई र सुनपा ५ मा एक खुल्ला सदस्य दिएका छौँ । एमाओवादी र समाजवादीले पनि कांग्रेसको पक्षमा उर्लेर आएको जनसमर्थनको भेलालाई आत्मसात गर्दै छिट्टै आफ्नो समर्थन कांग्र्रेसलाई भएको घोषणा सहर्ष साथ गर्नुहुनेछ । अब दर्ता भएर निकै अगाडि बढेका कांग्रेसका उम्मेदवारलाई व्याक गराउन पनि सहज हुँदैन । हाम्रो प्रतिस्पर्धा भ्रष्टाचारमा चुर्लुम्म डुबेको एमालेसँग हो । एमालेलाई हराउन हटाउन हामी सबै गठबन्धनको साझा प्रमुख दायित्व हो । गठबन्धनको साथ सहयोगले एमाले भित्तामा लोकतन्त्रवादी स्थानीय सत्तामा पुग्ने निश्चित छ ।

गठबन्धन दिगो रहला त ?
गठबन्धनका कुनै पनि दलमा ‘मेरो गोरुको बाह्रै टक्का’ हुनुभएन । आफ्नो अवस्था र वर्तमान मतदाताको जोश, जाँगर र साथ सहयोगको राम्ररी आंकलन गरेर जति भयो भयो । समर्थन गरी नेपाली कांग्रेसको पक्षमा एक ढिक्का भएका कांग्रे उम्मेदवारहरुको नाममा बखेडा नगरि समर्थन र सहयोग गर्नुहुनेछ र यसो गर्नु भयो भने भ्रष्टाचारमा निर्लिप्त एमाले भक्तपुरबाटै नराम्ररी बढारिने विश्वास दिलाउँछु । यसो भएमा आगामी दिनमा पनि गठबन्धन दिगो र दरिलो हुनेछ ।

अन्त्यमा
विद्रोही उम्मेदवारका रुपमा उठेका कांग्रेसका नेता साथीहरु आफनो नाम फिर्ता लिएर कांग्रेस र गठबन्धन बलियो बनाउन कसिलो बनाउन र जिताउन कटिवद्धताका साथ लागि पर्नुभएको छ । बाँकी यो अझै पनि विद्रोहमा हुनुहुन्छ, टिकट नपाएको झोँक देखाउनुु भएको छ । म विनम्रताका साथ आग्रह गर्दछु जे हुनुभयो अब फेरबदल सम्भव छैन । कसैप्रति पनि आग्रह र पूर्वाग्राह भेदभाव गरिएको छैन । यस अनुसार टिकट वितरण छलफल गरी योग्यता, क्षमता, निरन्तरताको आधारमा निष्पक्षता साथ विधि विधान र प्रक्रियाबाट प्रदान गरेको टिकटको अत्तो थापेर समय खेर फाल्नु भन्दा सबै साथीहरु हार्दिकतापूर्वक पुर्ववत जिम्मेवारीमा फर्केर पार्टीलाई बलियो बनाउन लोकतन्त्रलाई स्थापित बनाउन साथीहरुलाई आग्रह गदूछु । साथै निर्वाचनपछि कमी कमजोरीको समिक्षा गर्दै बद्नियत राखेको पाउनुभयो भने सजाए खान तयार भएको समेत प्रतिवद्धता व्यक्त गर्दछु । त्यसका लागि सबै साथीहरु पनि आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक साथ बहन गरी गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन हार्दिक हार्दिक आग्रह गर्दछु ।

 

लोकप्रिय