सडक बिभागको डीजीमा कस्ले मार्ला बाजी ?
काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, सडक बिभागका महानिर्देशकको पद गत सोमवारबाट रिक्त भएको छ । ५८ वर्षे उमेर हदका कारण बिभागका महानिर्देशक शिवहरी सापकोटा गत आइवारबाट सेवा निबृत भएर घर गएका छन ।
बिभागको इतिहासमा महानिर्देशक रहेकै अवस्थामा सेवा निवृत्त हुने उनी पहिलो भाग्यमानीको इतिहाससमेत सापकोटाले रचेको बताइएको छ ।
महानिर्देशक सापकोटा ०७८ मंसिर अन्तिम हप्ता बिभागको महानिर्देशकमा नियुक्ति भएका थिए ।
चार महिना बिभागको नेतृत्व संहाल्ने अवसर पाएका सापकोटाले बिभागमा आर्थिक अनुशासन र पद्धती बिकास अतुलनीय योगदान गरेको दावी गरेका छन । उनी सेवा निबृत भएसँगै बिभागको नयाँ महानिर्देशक को बन्ला भन्ने चर्चा पनि सँगसँगै शुरु चुलिको छ ।
महानिर्देशकमा क–कस्को दावी ?
जेष्ठताका आधारमा सिनियर इन्जिनियर एवंम सहसचिवहरु मध्ये केशवकुमार शर्मा बिडारी र अर्जुनजंग थापाले यस अघि नै बिभागको नेतृत्व संहालीसकेका छन । हाल बिभागमा योजना तथा मुल्याकंन महाशाखा प्रमुख एंवम प्रवक्तासमेत रहेका उप–महानिर्देशक शिव नेपाल, एडीवी निर्देशनालयमा कार्यरत सहसचिव शुशीलबाबु ढकाल, उत्तर–दक्षिण करिडोर आयोजना प्रमुख रहेका दीपक श्रेष्ठले महानिर्देशक हुनको लागि रुची देखाएको मन्त्रालयस्रोतले जानकारी दिएको छ ।
बिभागमा उपमहानिर्देशक तथा सिनियर इन्जिनीयरको रुपमा कार्यरत नेपाल नै महानिर्देशकको स्वभाविक दावेदार रहेको मतहरु मन्त्रालय भित्रैबाट उठिरहेका छन ।
किनभने सिनियारीटीकै आधारमा शर्मा यसअघि बिभागको महानिर्देशक बनेका थिए । त्यस्तै, थापा पनि सिनियर कर्मचारी भए कै आधारमा नौ महिना बिभागको जिम्मेवारी संहालेर टेष्ट भइसकसेका छन । ढकालले बिभागको महानिर्देशक बन्ने रहर गरेपनि उनी भने मन्त्रालय भित्र जुनियर र कनिष्ठ कर्मचारीमा पर्दछन । त्यसकारण नेपाललाई नै बिभागको नेतृत्व दिनुपर्ने अभिमत मन्त्रालय र बिभाग भित्र बलियो रहेको जानकारस्रोत बताउँछ ।
तर नेपाललाई महानिर्देशक बनाउन मन्त्री रेणुकुमारी यादव सकारात्मक बन्लिन भन्ने बिषयमा मन्त्रालय जानकारस्रोत बिश्वस्त देखिदैन । पैसा बिना टेवुलको फाइल यताबाट उतासमेत नसार्ने मन्त्री यादवले रकम लेनदेन बिना बिभागको महानिर्देशक नेपाललाई दिन तयार होलिन भन्ने बिषय कल्पना बाहिर भएको बताइन्छ ।
हिजो महानिर्देशक भइसकेका मन्त्रालयका सिनियर सहसचिवहरु मन्त्री यादवलाई पैसा बुझाएर पुन बिभागमा जान तयार देखिदैनन । एक त स्थानीय तहको चुनाव पछि जनतासमाजबादीले आफना पार्टीको तर्फबाट मन्त्री भएकाहरुलाई परिवर्तन गर्ने तयारी गरेको बताइएको छ ।
त्यसकारण पनि मन्त्री यादवको पद के हुने सुनिश्चित छैन । त्यसमाथि पनि आगामी मंसिरमा प्रदेश र संघको निर्वाचन हुने र त्यसपछि मुलुकको राजनीतिक परिस्थितिमा फेरबदल हुनसक्ने अनुमान गरिदैछ ।
नयाँ सरकार बन्ने भएकोले पनि मन्त्री यादवलाई मोटो रकम बुझाएर बिभागको महानिर्देशक बन्न कोही पनि कर्मचारी तयार र नहतारिको मन्त्रालयस्रोतले बताएको छ । हिजो बिभागको नेतृत्व संहालीसकेका शर्मा र थापाले यो बिषयलाई राम्ररी बुझिसकेका पनि छन ।
तर बिभागको महानिर्देशक बन्न रहर गरेका नेपाल, ढकाल र श्रेष्ठहरुसँग मन्त्री यादव र सचिव रबिन्द्रनाथ श्रेष्ठको बिचमा भेटघाट र बैठकसमेत हुन सकिरहेको छैन । मन्त्री यादव एक हप्ता देखि स्थानीय तहको चुनावी कार्यक्रमको लागि जिल्ला दौडाहामा रहेकी छिन । मन्त्री काठमाडौं फर्किए लगत्तै सचिव श्रेष्ठले बैठक राख्ने र कसलाई महानिर्देशक बनाउने भन्ने बिषयमा बल्ल छलफल शुरु हुने जानकारस्रोत बताउँछ ।


प्रतिकृया दिनुहोस्