मध्यपुर थिमीमा ‘गठबन्धन कसिलो, मतदाता हँसिलो’

मध्यपुर थिमीमा ‘गठबन्धन कसिलो, मतदाता हँसिलो’

 

भक्तपुर । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै राजनैतिक दलका उम्मेदवारहरुले मतदाता आकर्षित गर्न घरदैला, भेटघाट र विविध माध्यमबाट प्रचार प्रसार र कोणसभा आम सभाको माध्यमबाट तिव्रता दिएका छन् ।
यसैबीच नेपाली काग्रेस मध्यपुर नगरसमितिले पनि आ आफ्ना वडाहरुमा मतदातालाई आफ्नो पक्षमा मतदान गर्नका लागि सवै वडामा घरदैलो कार्यक्रम सम्पन्न गरि वडास्तरीय कोणसभाहरु आरम्भ गरेको छ ।
मध्यपुर नगरपालिकाको मेयरमा कांग्रेसका ९ आकांक्षीहरुले इच्छा व्यक्त गर्दा एक जना सुरेन्द्र श्रेष्ठले टिकट प्राप्त गरेका थिए ।
अन्य आठ आकांक्षीहरु पनि केही क्षण रुष्ट भए पनि कांग्रेसका मेयर र एकीकृत माओवादीका उपमेयरका साथै मध्यपुर नगरपालिकाको ९ वटै वडामा एक एक जना नसस लिएर कांग्रेस, माओवादी गठबन्धन कसिलो बनेको छ ।
९ वटै वडामा वडा अध्यक्षहरुको चयन गर्न नेपाली कांग्रेस क्षेत्र नं. २ ले पुराना जुझारु र स्थानीय स्तरमा लोकप्रिय व्यक्तित्वहरुलाई मौका दिँदा रुष्ट केही स्थानीय नेताहरु पनि चित्त बुझाएर आ–आफ्नो क्षेत्रमा कांग्रेस गठबन्धनलाई विजयी बनाउन जिम्मेवारिपूर्वक खटिरहेको विद्रोही आवाज उठाएर बागी बनेकाहरुले पनि आफ्नो नाम फिर्ता लिएर गठबन्धनसँगै मैदानमा उत्रिएको देखिएको छ ।
जसको कारण मध्यपुर नगरपालिकाका सबै वडाहरुमा नै नेपाली कांग्रेस गठबन्धनले विजयी प्राप्त गर्ने पक्कापक्की देखिएको छ ।
मध्यपुर नगरपालिका वडा नं. १ मा १३ औं अधिवेशनका वडा सभापति एवं क्षेत्रीय सदस्य बाबुकाजी डंगोलले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
त्यसैगरी तरुण दलका पूर्व जिल्ला सभापति तथा शाहिकालका निरंकुश विरुद्ध तरुण दलको जिल्ला सभापति श्रीकृष्ण श्रेष्ठले वडा नं. २ को अध्यक्षको टिकट पाएका हुन् ।
त्यस्तै वडा नं. ३ पपुलर युवा नेता तथा वडा सभापति एवं निवर्तमान नसस कृष्ण हरि आचार्यको उम्मेदवारीको अगाडि अन्य दल फिक्का देखिएका छन् ।
वडा नं. ४ का जुझारु एवं २०४६ साल अगाडि देखि प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा पूर्णकाची श्रेष्ठले टिकट पाएर वडा अध्यक्षको उम्मेदवार भएका छन् ।
त्यस्तै वडा नं. ५ मा निवर्तनमा निर्वाचित वडा सदस्य बाल कृष्ण श्रेष्ठको उम्मेदवारी पनि निर्विरोध रुपमा देखिएको छ ।
वडा नं. ६ का जुझारु एवं कांग्रेस संगठनमा २०४६ पूर्व देखि संघर्षशिल योद्धा ज्ञान दास प्रजापति, वडा नं. ७ मा २ पटक निर्वाचित वडा सभापति एवं लोकप्रिय नेता दिनेश धजु, वडा नं. ८ का तीनपटक वडा सभापति लोकप्रिय एवं जुझारु नेता दिलकृष्ण प्रजापति र वडा नं. ९ का पुराना निष्ठावान एवं संघर्षशिल व्यक्तित्व सानुकाजी राजवाहकले टिकट पाएर वडा अध्यक्षको जिम्मेवारी पाउँदा मध्यपुर नगरका आम कांग्रेसी कार्यकर्ता र मतदाताहरुले सन्तुष्टि व्यक्त गरेका छन् ।
मध्यपुर नगरको चुनावी संयोजक पंदेश नं. २ ‘ख’ का सभापति ओम श्रेष्ठ विभिन वडाहरुमा कोणसभा र नगरस्तीय कार्यक्रमको निमित्त समर्पित भएर लागि परेको, अन्य कांग्रेसी नेता कार्यकर्ता पनि प्रत्येक कार्यक्रमा सक्रियताका साथ लागेको दृष्य नै देखिन्छ ।

लोकप्रिय