मतदाता भन्छन्–‘गठबन्धनको विकल्प छैन’

मतदाता भन्छन्–‘गठबन्धनको विकल्प छैन’

 

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरले मतदाता आकर्षित गर्न घरदैलो कार्यक्रम सकेर सभाहरुमा केन्द्रीत हुन थालेको छ ।
यसबीच शनिबार सुनपाको वडा नं. ५ चक्रपाणी चोक कटुन्जेमा आयोजित विशाल सभाको आयोजनाले अब सूर्य विनायक नगरपालिकामा नेपाली कांग्रेसको गठबन्धनको विकल्प नभएको अनुमान आम मतदातामा देखिएको छ ।
उक्त सभामा हजारौं संख्यामा स्थानीय मतदाताहरुको उत्साहपूर्वक सहभागिता रहेको थियो । उक्त आमसभाको सभापतित्व अघिल्लो पटकको स्थानीय निर्वाचनमा सूर्यविनायक नगरपालिकाको मेयरका प्रत्यासी तथा कांग्रेस महासमिति सदस्य विष्णुराज कार्कीले गरेका थिए ।


कार्यक्रममा प्रमुख अथितिका रुपमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा आउने भनिए पनि प्राविधिक कारणले शर्मा उक्त कार्यक्रममा सहभागि हुन सकेनन् ।
कार्यक्रमममा विशिष्ठ अतिथि कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले, भ्रष्टाचारमा निर्लिप्त एमालेको केन्द्र र स्थानीय नेतृत्वलाई कडा चुनौती दिँदै कांग्रेस र एकीकृत समाजवादीका गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा विश्वप्रकाश शर्माको सुर्यविनायक नगरपालिकाका मतदाताहरुलाई आफू उपस्थित हुन नसकेकोमा दुःख व्यक्त गर्दै क्षमा मागेको जानकारी कांग्रेस केन्द्रीय सदस्य रमा कोइराला गराएकी थिइन् ।
साथै एकीकत समाजवादीको नेतृ पवित्रा भुषालले पनि गठबन्धनलाई कसिलो बनाउन आग्रह गर्नुभयो । अर्का वक्ता क्षेत्र नं. २ का कांग्रेस सभापति भेष बहादुर कार्कीले गठबन्धन कसिलो बनाउन एकीकृत समाजवादीलाई सुनपाको उपमेयर र वडा नं. ५ मा सदस्य दिईसकेकोले बाँकी वडाहरुमा कांग्रेसका आधिकारिक उम्मेदवारहरुलाई सघाउन आग्रह गरे ।
उनले हनुमन्ते करिडोर र सुनपाका विभिन्न वडामा भएका प्लटिङ्ग र पर्ती जग्गाको शोषणमा अब जसले मेयर जिते पनि उक्त पर्ती फिर्ता लिन र भ्रष्टाचारका विरुद्धमा क्षेत्र नं. २ नेपाली कांग्रेस सशक्त रुपमा उत्रने भनाई राख्नुभयो ।
कांग्रेस नेता कविन्द्र मिश्रले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा कांग्रेस नेता सुरेन्द्र केसीले पनि आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा उपमेयरका प्रत्यासी श्याम बस्नेत र मेयरका प्रत्यासी निशान ढँुँगेलले पनि स्थानीय निकायमा भएको भ्रष्टाचार अन्त्यका लागि आफूँहरुलई जिताउन मतदाताहरुसमक्ष आग्रह गरे ।

लोकप्रिय