पुतलीबजार नगरपालिकामा नेकपा एमालेले शानदार रुपमा चुनाव जित्छ
सीमाकुमारी क्षेत्री, नगर प्रमुखको उम्मेदवार, पुतलीबजार नगरपालिका, स्याङ्जा
०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पुतली बजार नगरपालिकाको १४ वटा वडा मध्ये नेकपा एमालेले १० वटा वडासहित मेयर र उपमेयर पदमा जित हासिल गरेको थियो । यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पनि एमालेले पुरानो बिरासतलाई पुन जोगाउने दावी गरेको छ । पाँच वर्षमा गरेका सेवा प्रवाह, बित्तीय व्यवस्थापन र सुशासन कायम गर्न सकेको भन्दै मुलुककै उत्कृष्ट नगरपालिका घोषणा भएर पुरस्कृतसमेत हुन पुगेको छ । नगरपालिकालाई मुलुककै उत्कृष्ट नमुना बनाएर पुरस्कृत बनाउन भुमिका खेलेकी उर्न सफल पात्र मेयर क्षेत्रीलाई नै यस पटक पनि नेकपा एमालेले पुन टिकट दिएर चुनावी मैदानमा उतारेको छ । नेकपा एमालेकी केन्द्रिय सदस्यसमेत रहेकी क्षेत्रीसँग चुनावी गतिबिधिमा केन्द्रित रहेर गरिएको कुराकानी :
तपाईं नेकपा एमालेको तर्फबाट मेयर पदको प्रत्यासी हुनुहुन्छ, एमालेको पक्षमा चुनावी माहोल कस्तो बन्दै छ त ?
स्याङ्जाको पुतलीबजार नगरपालिमामा १४ वटा वडा रहेका छन् । सबै वडामा चुनाव प्रचार प्रसार अभियान तीब्र रुपमा चलिरहेको छ । चुनावी माहोल एमालेको पक्षमा राम्रो हँुदै गइरहेको छ । ०७४ सालमा भएको स्थानीय तहको चुनावमा मैले यस नगरपालिकामा चुनाव जितेर जनप्रतिनिधि बनेर पहिलो कार्यकाल मेयरको भुमिका निर्वाह गरिसकेकी छु । अहिले नगरवासीसँग चुनाव केन्द्रित भएर भेटघाट र छलफल चलिरहेको छ । एक कार्यकाल मेयरको रुपमा काम गरी सकेको अनुभवका आधारमा पनि धेरै नगरवासीले मलाई विश्वास गर्नुभएको छ । पुन मेरो जिम्मेवारीको आवश्यकता महसुस हुनु र मेरो पार्टी नेकपा एमालेले मलाई पुन मेयर पदमा टिकट दिनु मेरो लागि खुसीको कुरा हो । चुनाव प्रचार प्रसारको क्रममा वडास्तरमा पुगेर भेटघाट गर्ने कार्यक्रम गरिरहेको छु । यसले चुनावको माहोल नेकपा एमालेको पक्षमा छ भन्ने कुरा स्पष्टसँग देखिएको छ ।
नगरपालिकाको १४ वटै वडाहरुमा एमालेको अवस्था कस्तो छ ?
हामी निर्वाचित भएर आएपछि पाँचवर्षे कार्यकालमा गरेका विकास निर्माण र पुर्वाधारको कामको परिणाम सकारात्मक रहेको छ । ०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले यस नगरपालिकामा रहेका १४ वडा मध्ये १० वटामा विजय हासिल गरेको थियो । बाँकी ४ वडामा मात्र अरु राजनीतिक दलका प्रतिनिधिले चुनाव जितेका थिए । अन्य दलले विजय प्राप्त गरेका वडाहरु ५, ६, १० र ११ रहेका छन् । एमालेले ०७४ मा चुनाव जितेका वडाहरुमा यस पटक पनि सानदार तरिकाले चुनाव जित्छ । जनप्रतिनिधी साथीहरुले गर्नु भएको कामको प्रभावका कारण नै जीत संभव देखिएको हो । हिजोे पराजय व्यहोरेका वडामा पनि चुनावी वातावरण राम्रो बन्दै गइरहेको छ । नगरवासीको सहयोग र सद्भाव एमालेलाई छ र हुन्छ भन्ने विश्वास हामीले लिएका छौ । समग्रमा हेर्दा नगरपालिकाको सम्पुर्ण वडामा नेकपा एमालेबाट उम्मेदवार भएका प्रतिनिधिहरु विजयी भएर पुरा नगरपालिका एमालेको पोल्टामा जानेछ भन्ने हाम्रो विश्वास रहेको छ ।
एमालेले ०७४ मा चुनाव जितेका वडाहरुमा यस पटक पनि सानदार तरिकाले चुनाव जित्छ । जनप्रतिनिधी साथीहरुले गर्नु भएको कामको प्रभावका कारण नै जीत संभव देखिएको हो । हिजोे पराजय व्यहोरेका वडामा पनि चुनावी वातावरण राम्रो बन्दै गइरहेको छ । नगरवासीको सहयोग र सद्भाव एमालेलाई छ र हुन्छ भन्ने विश्वास हामीले लिएका छौ । समग्रमा हेर्दा नगरपालिकाको सम्पुर्ण वडामा नेकपा एमालेबाट उम्मेदवार भएका प्रतिनिधिहरु विजयी भएर पुरा नगरपालिका एमालेको पोल्टामा जानेछ भन्ने हाम्रो विश्वास रहेको छ ।
एमालेले सबै वडामा चुनाव जित्छ भन्दै गर्दा तपाईंहरुको जित्ने आधार चाहिँ के हो त ?
हामीले पाँच वर्षे कार्यकालमा नगरलाई समृद्ध बनाउने लक्ष्यका साथ काम गर्यौ । मुख्य कामको रुपमा सुशासन, सेवा प्रवाह र वित्तीय व्यवस्थापन सवल बनाउने काम गर्यौ । हाम्रो अर्को लक्ष्य भनेको भ्रष्टाचार न्युनिकरका साथै निवारण गर्ने नै लक्ष्य हो । त्यस्तै कमिसन विहीन नगरपालिका बनाउने अभियान हामीले चलायौ । हाम्रो यो अभियानले राम्रो परिणाम दियो । नगरवासी पनि यो अभियानबाट सन्तुष्ट भएका छन् । हाम्रो लक्ष्य भनेको सेवा प्रवाह, वित्तीय व्यवस्थापन र सुशासन कायम गर्ने थियो । यी काम राम्रोसँग व्यवस्थापन गरेका कारण उत्कृष्ट नगरको पुरस्कार पनि प्राप्त भयो । भ्रष्टाचार मुक्त नगर बन्योे । यो अभियानले हरेक क्षेत्रमा, हरेक कामको कमिसनको चलखेललाई निवारण गर्यो । जनतासँग प्रत्यक्ष सरोकार र समन्वयनकारी रुपमा काम गरेको कारणले पनि हामीलाई नगरवासीले विश्वास गरेका छन । हामीले गर्न नसक्ने योजना र कामलाई हामी गर्छौ भन्ने आश्वासन बाढेका छैनौ । गर्नसक्ने काम मात्र गर्छौ भन्ने प्रतिवद्धताका जनाएका छौं । साथै हिजो पनि यही नारा लिएर हामी नगरवासीका बिचमा गएका हौँ । आज पनि हामी त्यही कुरा गरिरहेका छौ ।
यो नगरलाई समृद्ध बनाउने योजना तपाईंसँग के छ त ?
नगरवासीको आँखामा पुतली बजारलाई कस्तो बनाउने भन्ने बारेमा टोलमा समूह बनाएर समस्याको पहिचान गरी छलफल गराएर योजना बनाउने गरेका छौ । यसलाई वडा तह हुँदै नगरसम्म ल्याएर कार्यान्वय गर्ने गरिएको छ । योजना निर्माण गर्दा पनि वडामार्फत टोल विकासमा नै जाने र गर्ने काम भएको छ । हाम्रा लागि सबै नगरवासी समान भएको हुनाले सबैलाई बराबरी फाइदा पुग्ने तरिकाले काम गरेका छौ । यहाँ राजनीतिका आधारमा कसैलाई भेदभावको व्यवहार गरिएको छैन । सबै नगरवासी र वडाबासीको आत्मसम्मान हुने किसिमले काम गरेका छौ । यी सबै कारणले गर्दा हामी चुनाव जित्छौ भन्ने हाम्रो विश्वास र आधार यिनै हुन ।
नेकपा एमालेमा आएको विभाजन र सरकारमा रहेका पाँच दलीय गठबन्धनको प्रभाव यो नगरमा के कस्तो परेको छ ?
पुतलीबजार नगरपालिकामा पाँचदलीय गठबन्धन प्रभावकारी छैन । अर्को कुरा भनेको नेकपा एमाले हिजो भन्दा झन मजवुत भएको छ । यसको कारण के हो भने हिजो माओवादी केन्द्रमा रहेका साथीहरु आज नेकपा एमालेमा हुनुहुन्छ । नेपाली कांग्रेसका केही साथीहरु एमालेमा आउनु भएको छ । एमालेमा भएका थोरै मात्र साथीहरु एकीकृत समाजवादीमा जानु भएको छ । एसमा गएका साथीहरु पनि वेकार गएको भनेर थकथकाइरहनु भएको छ । केही साथीहरु पार्टीमा फर्केर आउनु भएको छ । पाँच दलीय गठबन्धन कहिँ कतै राम्रोसँग प्रतिवद्ध भएको देखिएन । त्यसो हुँदा गठबन्धनले राम्रो नतिजा ल्याउला भन्ने विश्वास नगरवासी मतदातामा कति पनि छैन । यी र यस्ता कारणले गर्दा पनि यो नगरपालिकामा गठबन्धनको कुनै असर पर्ला भन्ने कुरामा हामी थोरै पनि विश्वस्त छैनौ ।
तपाईं आफैँले पाँच वर्ष पहिला गर्नु भएका चुनावी प्रतिवद्धता के कति पुरा भए नि ?
हामीले सार्वजनिक गरेको घोषणा पत्रको आधारमा गरिएका चुनावी प्रतिववद्धता धेरै पुरा गरेका छौ । केही प्रतिवद्धता बाँकी छन् । यसको कारण के हो भने हामीले विकास र पुर्वाधार निर्माणमा गर्नुपर्ने खर्च कोभिड १९ महामारी रोकथामका लागि बढी खर्च गर्नुपर्यो । नगरवासीको जीवन जोगाउनु विकास भन्दा ठूलो हो भन्ने ठानेर यो काम गर्यौ । यदि कोभिड महामारी नआएको हुनथ्यो भने हामीले चुनावमा गरेका चुनावी प्रतिवद्धता पुरा हुने थिए । महामारीका कारण हाम्रो नगरको वजेट कोभिड रोकथाम र नियन्त्रणमा बढी खर्च गर्नुपरर्यो । त्यसकारण पनि नगरका योजनाहरु पुरा गर्न हामीलाई समस्या भयो । यसरी विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण सम्पन्न हुन नसकी थाती रहेका त्यस्ता योजनाहरुलाई हामी पुन निर्वाचित भएर आएपछि निरन्तरता दिएर पुरा गर्नेर्छौ । यही कामका लागि मलाई विश्वास गरेर पार्टीले पुन मेयरका लागि टिकट दिएको हो जस्तो लाग्छ । हाम्रा नगरवासी जनताले पनि काममा सहयोग गरिरहनु भएको छ । मैले सुशासन कायम गर्दै भ्रष्टाचार न्यूनिकरण गरेका कारण नगरवासीको विश्वास म प्रति रहेको छ । विकास र पुर्वाधारका लागि बसेको जग पुरा गर्नका लागि फेरि मलाई चुनाव जिताउनु पर्छ भनेर नगरवासी लागिरहनु भएको छ । मेरो उत्साहमा झन यो कुराले थप इटा थप्ने काम गरेको छ । हामीले आफ्ना प्रतिवद्धताको मुल्याङ्न गरेर अगाडि बढेका कारण पनि हामी निर्वाचन जित्छौ भन्ने अझ कुरा ढुक्कका साथले भन्न सक्छौ ।
मैले सुशासन कायम गर्दै भ्रष्टाचार न्यूनिकरण गरेका कारण नगरवासीको विश्वास म प्रति रहेको छ । विकास र पुर्वाधारका लागि बसेको जग पुरा गर्नका लागि फेरि मलाई चुनाव जिताउनु पर्छ भनेर नगरवासी लागिरहनु भएको छ । मेरो उत्साहमा झन यो कुराले थप इटा थप्ने काम गरेको छ । हामीले आफ्ना प्रतिवद्धताको मुल्याङ्न गरेर अगाडि बढेका कारण पनि हामी निर्वाचन जित्छौ भन्ने अझ कुरा ढुक्कका साथले भन्न सक्छौ ।
आगामी नयाँ योजना र प्रतिवद्धताहरु के के छन् ?
०७४ सालमा गरेका प्रतिवद्धता र घोषणा पत्रको जगमा टेकेर अहिलेसम्म काम गरिरहेका छौं । अवको हाम्रो योजना भनेको सबै वडा र टोलवासीसँग सर सल्लाह गरेर योजना निर्माण गर्ने पुतली बजारलाई समृद्ध नगरका रुपमा बिकास र रुपान्तरण गर्ने हाम्रो योजना छ । यसमा सबै नगरवासीको साथ सहयोगको अपेक्षा गरेका छौं । यसलाई एउटा नीतिको रुपमा नै विकास गरेर दीर्घकालिन, मध्यकालिन र अल्पकालिन योजना बनाएर काम गर्नेछौ । हामीले गर्ने कामको खाका यिनै समस्याको समाधानका लागि हुने छन । त्यसमा भौतिक पूर्वाधार देखि आर्थिक विकासका पाटाहरुसमेत समावेस गरिएको छ । स्वास्थ्य, शिक्षाका लागि दीर्घकालीन योजना बनका छन । क्षेत्रगत विकासको रुपमा समेटिएका यस्ता योजनालाई अगाडि बढाइरहेका छौ । हामी यसरी नै छलफल र समन्वयनात्मक तरिकाले आगामी दिनमा पनि काम गर्ने छौ । आवश्यकताको आधारमा छलफल र बसह चलाएर योजना संचालन गर्ने हाम्रा आगामी योजना र प्रतिवद्धता यिनै हुन ।
निर्वाचन आँगनमा आइसकेको छ , मतदातालाई तपाईंको सन्देश के छ ?
म एउटा साधारण परिवारकी छोरी हूँ । मैले व्यक्तिगत रुपमा कसैलाई पैसा वा बिभिन्न आश्वासन बाँढेर मेरो पक्षमा पार्न सक्दिन । मैले अहिलेसम्म नगरमा गरेको कामको मुल्याङ्कनको आधारमा मलाई भोट दिएर नगरवासीले पुन जिम्मेवारी दिनुहुन्छ भने स्वीकार गर्नेछु । अन्य पार्टीका मेयर पदका उम्मेद्वारले आमा समूह र स्थानीय कल्वहरुलाई पैसा बाँड्दै यो गर्छौ र उ गर्छौ भन्दै घर घरमा पुगेको कुरा सुन्नमा आएको छ । व्यक्तिगत रुपमा पैसा बाँडेर चुनाव जितेको मान्छेले भोलिको दिनमा आज खर्च गरेको पैसा उठाउनका लागि भ्रष्टाचार गर्छ नै । त्यसतर्फ सोच्न म मतदातालाई अनुरोध गर्दछु । जनताका समस्यामा एकाकार हुने कुरा राम्रो मुख्य ध्येय हो । तर चुनावको बेलामा पैसा बाँड्ने प्रवृति खराब हो । यो कुरालाई मध्यनजर गर्दै हामी यी र यस्ता राजनीतिक दल र उम्मेदवारहरुप्रति सजग हुनुपर्छ भन्ने मेरो सुझाव छ ।
भोट किन्ने प्रवृतिलाई खबरदारी गर्दै आफुलाई मन परेको उम्मेदवार र चिन्हमा मतदान गर्न म सबै पुतलीबजार नगरवासीमा अनुरोध गर्दछु । हामीले वडा अध्यक्षहरुलाई भनेका छौ, छोटो समयमा मेयर र उपमेयरका उम्मेदवार घरघरमा पुग्न नसकिन सक्छ । तपाईं वडा अध्यक्षहरु घरघरमा पुग्नुहोस् । जनताका समस्याहरुको जानकारी लिएर ती बिषयलाई डायरीमा नोट गर्नुहोस् । यसरी नगर र वडाबाट संकलन भएको समस्यालाई असार १० गते आउने बजेटमा समावेश गरेर संवोधन गरिनेछ । यो सबैको साझा कार्यक्रम पनि हो । आ–आफ्नो स्थानबाट चुनाव जित्नका लागि वातावरण तयार गर्दै योगदान गर्न म सबै पार्टीका नेता, कार्यकर्ताका साथै नगरवासीहरुलाई अनुरोध गर्दछु ।


प्रतिकृया दिनुहोस्