सूर्यविनायक नगर र वडाहरुमा रोचक प्रतिस्पर्धा : यस्तो छ, हिसाब किताब
भक्तपुर । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गएसंगै राजनैतिक दलहरु पनि मतदाताहरुको घर दैलोमा पुगेर औपचारिक रुपमा मत मात्र मागिरहेका छैनन्, चुनाबि सभाहरु पनि गरिरहेका छन् ।
यसै मेसोमा भक्तपुरको सूर्यबिनायक नगरपालिकामा क्रियाशील राजनैतिक दलहरुले पनि आफ्ना उमेदवारहरुलाई जनताको घर दैलोमा पु¥र्याएर चुनाबी सभाहरुको आयोजना गरि मतदाता आकर्षित गर्न थालेका छन् ।
सूर्यबिनायक नगरलिकामा ४७ हजार ७०० मतदाता रहेका छन् । मृत्यु भएका, बिभिन्न पेशा ब्याबसायका कारण जिल्ला बाहिर रहेका र बिदेशिएका कारण झण्डै दश हजार मत खस्न नसक्ने देखिएको छ । साथै २५ सय देखि ३५ सय सम्म मत बदर हुन सक्ने आँकलन गरिएको छ ।
यस नगरपालिकामा झण्डै ३४ हजार हाराहारि मतगणना हुने देखिन्छ भने जनमत बढि मात्रामा नेपाली कांग्रेस र एमालेकै पोल्टामा पर्ने एक सर्वेक्षणले देखाएको छ ।
सूर्यबिनायक नगर पालिकामा नेपाली कांग्रेसले मेयरमा निशान ढुँगेल र एकीकृत समाजवादीले श्याम बस्नेतलाई उपमेयरको भागबण्डा वा गठबन्धन गरेका छन् । त्यस्तै सूनपा पाँचको एक खुल्ला सदस्य समाजवादीलाई दिईएको छ बाँकी नौ वडामा वडा अध्यक्ष र नससमा कसैसंग पनि तालमेल, गठबन्धन गरिएको छैन ।
मेयर उपमेयर एमालेले आफ्नैलाई उठाएको छ जसमा बासुदेब थापा मेयरमा उठेका छन् भने उपमेयरमा सरिता तिमसेनाले उमेदवारी दिएका छन् ।
भक्तपुरको राजनीतिमा भक्तपुर नगर बाहेक खासै प्रभाव नभएको नेपाल मजदुर किसान पार्टीले पनि श्याम बिसंखेलाई मेयरमा र उपमेयरमा खुलिमुलीलाई उमेदवार बनाएको छ ।अन्यत्र गठबन्धन भनेर नथाक्ने माओबादीले पनि मेयरमा कल्पदिप राई र उपमेयरमा नमुना चौलागाईलाई उमेदवार खडा गरेको छ ।
त्यस्तै राप्रपा हलो (लिँगदेल)ले मेयरमा राधिका राणाभाट र उपमेयरमा अघिल्लो स्थानिय निर्वाचनका मेयर पदका प्रत्यासि प्रबिण ढुँगेललाई रहश्यमय तरिकाले उमेदवार बनाएको छ ।
सूनपा १ सिरुटारमा नेपाली कांग्रेसका प्रतिभाशाली ईन्जिनियर युवा नेता भिमशेन श्रेष्ठलाई उतारेकोछ भनें एमालेका पुरानै वडाअध्यक्ष सानु काजी कायष्ठलाई पुन उमेदवार बनाएको छ । यहाँ एकिकृत समाजवादीले पनि सशक्त प्रतिस्पर्धा गर्दैछ । समाजवादीले पुराना कम्युनिष्ट मिलन थापालाई उठाएकोछ । यस वडामा त्रिपक्षिय भिडन्तको फाईदा नेपाली कांग्रेसको पोल्टामा पर्न सक्ने बलियो सम्भावना देखिएको छ ।
वडा नं २ र ३ (बाल्कोट) मा प्रदिप कार्की र दिपेन्द्र केसी कांग्रेसका उमेदवार छन् जुन वडा अघिल्लो स्थानिय निर्वाचनमा पनि कांग्रेस बिजयी भएको थियो । बलियो पक्कड क्षेत्र भएपनि आफैं वा आफ्नाले मात्र कांग्रेसको झण्डा बोक्न पाउनु पर्ने सोंच त्यागेर हातेमालो गरेको अबस्थामा दुबै वडाहरु नेपाली कांग्रेसले जित्ने देखिएको छ । जहाँ एमाले र अन्य दलहरुको प्रभाव न्युन रहेको छ ।
उता ४ नं दधिकोटमा भने एमालेले अघिल्लो पटकका निर्वाचित उत्तम थापालाई पाखा लगाएर भिमसेन राउतलाई उठाएको छ जहाँ कांग्रेसले महाधिबेशन प्रतिनिधी लक्षुराम न्यौपानेलाई उमेदवार बनाएको छ । पूर्व साँसद लेखनाथ न्यौपानेका नाति लक्षुरामले सजिलै बाजी मार्ने अनुमान गर्न थालिएको छ । त्यस्तै वडा नं ५ कटुन्जे कांग्रेस जिल्ला सभापति दुर्लभ थापाको वडा हो, साथै मेयरका कांग्रेस प्रत्यासी निशान ढुँगेलको वडामा कांग्रेसले राजेश तज जस्तो लोकप्रिय युवालाई उमेदवार बनाएको छ । साथै यहाँबाट उपमेयर राप्रपाका प्रबिण ढुँगेल र वडा अध्यक्ष पनि बिबेक ढुँगेल उमेदवार बनाईनु अर्थपूर्ण रुपमा हेरिएकोछ ।
६ नं वडा पाण्डुबजारमा कांग्रेसका उमेदवार ईश्वर खड्का र एमालेका सुधाम केसी छन् ।यस वडामा माओबादीका राम सुन्दर सुवाल पनि सशक्त मानिन्छन भने नेमकिपा पनि यस वडामा तुल्सि सुवाललाई उमेदवार बनाएर उभिएकोछ, यहाँ नेमकिपा पनि शक्तिशाली छ। यस वडामा कांग्रेसका वडा सभापति राजेन्द्र त्वाँती वागी भएर उठेका छन् ।
जम्मा २३ सय मतदाता भएको नेपाली कांग्रेस यस वडा पनि अघिल्लो पटक जित हात पारेको ईतिहाँस कायम राख्ने गरि जुटेको छ ।
त्यस्तै ७ नं गुण्डुमा प्रजातन्त्रको पुनस्थापना देखि कांग्रेसको झण्डा बोकेर हिंडेका लोकप्रिय ब्यक्तित्व हरि बहादुर खड्का कांग्रेसका उमेदवार छन् भने एमालेले पुरानै अध्यक्ष राजेन्द्र सापकोटालाई उठाएको छ । यसै ७ नं वडा एमाले साँसद महेश बस्नेतको गृह वडा हो भने कांग्रेसका २ नं क्षेत्रीय सभापति भेष बहादुर कार्कीको पनि बसोबास भएको वडा हो । यस वडामा नेमकिपा, राप्रपा र एकीकृत समाजवादीले पनि उमेदवारी दिएका छन् ।
सुनपा ८ सिपाडोलमा नेपाली कांग्रेसका नेता बिदुरमान सिँह बस्नेत भतिज नाताका पुष्प बस्नेत सूर्य ध्वजबाहकसंग प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो पल्ट एमालले बाजी मारेको यस वडामा २०७४ का बिजेता किरण थापालाई एमालेले किनारा लगाएकोछ । यहाँ यस पटक नेपाली कांग्रेसले जित्ने पक्का पक्कि ठानिन्छ ।
उता कांग्रेसका बरिष्ठ ह्याचरी व्यावसायि एवं तरुण दलका युवा नेता भगवान केसी र एमालेका अघिल्लो वडा अध्यक्ष उपेन्द्र केसीबीच चर्को प्रतिस्पर्धा हुँदैछ ।
उता सुनपा १० मा एमालेले शिबराम राउतलाई पुन उमेदवार बनाएकोछ, काँग्रेशले शुरथ देउजालाई उमेदवार दिएकोछ । अघिल्लो पल्ट काँग्रेश चौंथो भएको यसवडामा स्थिति निकै सुध्रिएको बताईन्छ ।
समग्रमा सूनपामा मुख्य प्रतिस्पर्धा काँग्रेश र एमाले नै देखिए पनि अन्य दलहरु समेत गठबन्धन बाहिर रहेकाछन् । अघिल्लो स्थानिय निर्वाचनमा एक्ला एक्लै भिड्दा नेपाली कांग्रेसका उमेदवार बिष्णु राज कार्की १९०० मतले पछाडि परेका थिए । हेरौं एमालेको एक हिस्सा एकीकृत समाजवादीले सुर्यलाई कति ग्रहण लगाउन सक्छ ।


प्रतिकृया दिनुहोस्