लुम्बिनी विकास बैंक लिमिटेडको एकै साथ थप नयाँ दुई शाखा कार्यालयहरुको उद्घाटन

लुम्बिनी विकास बैंक लिमिटेडको एकै साथ थप नयाँ दुई शाखा कार्यालयहरुको उद्घाटन

 

काठमाडौ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा रहनु भएका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने उद्घेश्यले मिति २०७९ बैशाख २६ गते देखि थप दुई शाखाहरुको उद्घाटन गरेको छ ।
नयाँ खोलिएका शाखाहरुमा ८२ औँ शाखाको रुपमा कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटा शाखा र ८३ औँ शाखाको रुपमा बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं.८, स्थित ताराताल शाखा रहेका छन् ।
यस बिकास बैंकको चन्द्रौटा शाखाको उद्घाटन बिकास बैंकका सञ्चालक श्री चिन्तामणि भट्टराई र लुम्बिनी प्रदेश सभासद अर्जुन केसीले संयुक्त रुपमा गर्नु भयो । साथै ताराताल शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल र उद्योग बाणिज्य संघ तारातालका अध्यक्ष देबेन्द्र तिमल्सिनाले संयुक्त रुपमा गर्नु भयो ।

लोकप्रिय