मध्यपुर थिमी नपा वडा नं. २ मा मतदाताहरुको उत्साहजनक सहभागिता

मध्यपुर थिमी नपा वडा नं. २ मा मतदाताहरुको उत्साहजनक सहभागिता

 

भक्तपुर । मध्यपुर थिमी नगरपालिका वडा नं. २ मा मतदाताहरुको उत्साहजनक सहभागिता देखिएको छ । आदर्श माविको प्राङ्गणमा विहान ७ बजेदेखि सुरु मतदान कार्यमा दुई घण्टा वित्दा नवित्दै झण्डै ७ सय भन्दा बढी मतदाताले मतदान गरेका छन् ।

पूर्व वडाअध्यक्ष राम थापा मगरका अनुसार वडामा तीन हजार ९ मतदाता रहेकोमा ८५ प्रतिशत मतदाताले मतदान गर्ने अनुमान गर्नुभयो । उहाँले मतदान कार्य शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा भईरहेको जनाउनुभयो ।

मध्यपुर थिमी वडा नं. २ मा नेपाली कांग्रेसको तर्फबाट श्रीकृष्ण श्रेष्ठ र नेकपा एमालेका तर्फबाट प्रकाश थापा मगर प्रतिस्पर्धामा हुनुहुन्छ ।

लोकप्रिय