रामेछापका दुई मतदान केन्द्रमा तनावग्रस्त

रामेछापका दुई मतदान केन्द्रमा तनावग्रस्त

 

काठमाडौं । रामेछापको दुई मतदान केन्द्रमा हवाई फायर भएको छ ।
सुनापति र खाडाँदेवी गाउँपालिकाको मतदान केन्द्रमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए ।
सुनापतिको वडा नं. २ मा मतदान केन्द्र बाहिर एउटा पक्षले अर्को पक्षकालाई कुटपिट गरेपछितनाव सुरु भएको थियो । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको पहाडीले बताए ।
ठाडादेवी गाउँपालिकाको वडा नं। १ मा चाहिँ अहिले दुवै पक्षलाई राखेर छलफल भइरहेको उनले बताए ।

लोकप्रिय