पाँच दिनभित्र मतगणना सकिने निर्वाचन आयोगको दाबी

पाँच दिनभित्र मतगणना सकिने निर्वाचन आयोगको दाबी

 

काठमाडौ । निर्वाचन आयोगले यो पटक स्थानीय तह निर्वाचनको मतगणना गरेर पाँच दिनभित्रै परिणाम प्रकाशित गर्नेगरी तयारी गरिएको दाबी गरेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतगणनाको नतिजा पाँच दिनभित्रै प्रकाशित भइसक्ने दाबी गरे।
‘देशभरिका सबै स्थानीय तहको मतगणनाको नतिजा पाँच दिनभित्र प्रकाशित गर्नेगरी व्यवस्था मिलाएका छौँ’ उनले भने।
तर मतगणना छिटो सम्पन्न गर्न यसअघिको निर्वाचनमा भन्दा के कुरामा सुधार गरिएको छ भन्नेबारे उनले खुलाएनन्।
यसअघिको स्थानीय तह निर्वाचनमा काठमाण्डू महानगरपालिकाको मतगणना सम्पन्न गर्न दुई सातासम्म लागेको थियो।
अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाण्डू महानगरपालिकामा २८ जनाले मेयर पदमा उम्मेदवारी दिएका थिए।
यस पटकको निर्वाचनमा यो महानगरमा मेयरका उम्मेदवार मात्रै ५४ जना छन्।
दलहरूले गठबन्धन गरेको तथा विभिन्न पदमा स्वतन्त्र उम्मेदवारको सङ्ख्या पनि धेरै भएकाले मतपत्र छुट्ट्याउन तथा गणना गर्न समय लाग्न सक्ने पहिला निर्वाचन प्रक्रियामा सहभागी भएका राजनीतिक कार्यकर्ता तथा पर्यवेक्षकहरूको भनाइ छ।

लोकप्रिय