पेट्रोलियम पदार्थमा ढाड सेकिने गरी मूल्यबृद्धि, प्रतिलिटर १० रुपैयाँले बढ्यो

पेट्रोलियम पदार्थमा ढाड सेकिने गरी मूल्यबृद्धि, प्रतिलिटर १० रुपैयाँले बढ्यो

 

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा ह्वात्तै मूल्यबृद्धि गरेको छ । आम जनसमुदाय स्थानीय निर्वाचनमा होमिएको बेला सरकारले उपभोक्ताको ढाड सेकिने गरी मूल्यबृद्धि गरेको हो । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।
अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

लोकप्रिय