सूर्यविनायक नगरपालिकामा कांग्रेस उम्मेदवार ढुँगेलको अग्रता कायमै

सूर्यविनायक नगरपालिकामा कांग्रेस उम्मेदवार ढुँगेलको अग्रता कायमै

भक्तपुर । सूर्य विनायक नगरपालिकाको मेयर पदमा कडा प्रतिस्पर्धा भईरहेको छ । नेपाली कांग्रेसका उम्मेदवार निशान ढुँगेल र सोही नगरपालिकाका पूर्व मेयर समेत रहनुभएका एमाले उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
प्राप्त सूचना अनुसार अहिले सूर्यविनायक नगर प्रमुखका लागि खसेको कुल मतमध्ये दुई हजार ४०० मत गणना सम्पन्न भएको छ । जसमध्ये कांग्रेस उम्मेदवार ढुँगेलले ९१७ मत प्राप्त गर्नुभएको छ भने एमाले उम्मेदवार थापाले ८३३ मत प्राप्त गर्नुभएको छ । ढुँगेल ८४ मतअन्तरले अगाडि हुनुहुन्छ ।

लोकप्रिय