मध्यपुर थिमी–२ मा कांग्रेस उम्मेदवार श्रेष्ठ विजयी, नगर प्रमुखमा पनि कांग्रेसकै अग्रता

मध्यपुर थिमी–२ मा कांग्रेस उम्मेदवार श्रेष्ठ विजयी, नगर प्रमुखमा पनि कांग्रेसकै अग्रता

 

नारदमुनी सिग्देल 

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं. २ मा कांग्रेसका उम्मेदवार श्रीकृष्ण श्रेष्ठ विजयी भएका छन् ।
श्रेष्ठले प्रतिद्वन्द्वी प्रकाश थापा मगरलाई डेढ सय मत अन्तरले पछि पार्दै विजयी भएका हुन् ।
विजयी श्रेष्ठले ९९४ मत प्राप्त गर्नुभएको थियो भने एमालेका उम्मेदवार मगरले ८६४ मत प्राप्त गरेका थिए ।
यसबीच मध्यपुर थिमीको मेयरमा कांग्रेस उम्मेदवार सुरेन्द्र श्रेष्ठको पक्षमा बढी मत खसेको छ । श्रेष्ठले वडा नं. १ र २ बाट हदुई हजार ७९९ मत प्राप्त गरेका छन् भने पूर्वमेयर समेत रहेका मदनसुन्दर श्रेष्ठको २ हजार ११३ मत प्राप्त गरेका छन् ।
उपमेयरमा भने एमाले उम्मेदवारले अग्रता कामय गरेका छन् । एमाले उम्मेदवारले हालसम्म २ हजार ४७० मत प्राप्त गरेका छन् भने गठबन्धनतर्फका उम्मेदवारले १ हजार ६३५ मत पाप्त गरेका छन् ।

लोकप्रिय