चितवनको माडी नगरपालिकामा एमालेको अग्रता कायमै

चितवनको माडी नगरपालिकामा एमालेको अग्रता कायमै

 

चितवन । चितवनको माडी नगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ । वडा नं. १ र वडा नं. ९ को ३४३६ मत मतगणना भइसकेको छ ।
जसमा एमालेको मेयर उम्मेदवार ताराकुमारी काजी महतोले १५६९ मतसहित अग्रता लिइरहेकी छन् । उनलाई सत्ता गठवन्धनका मेयर उम्मेदवार ऋषि काफ्लेले १३८२ मतसहित पछ्याइरहेका छन् ।
यस्तै, उपमेयरमा कांग्रेसका खेम महतोले १२६० मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार कृष्ण पौडेलले ८३८ र राप्रपाका मदन पौडेलले ५९३ मत ल्याएका छन् ।
वडा नं। १ को वडाध्यक्षमा राप्रपाका उम्मेदवारले १००१ मत ल्याएर अग्रता लिइरहेका छन् । कांग्रेसका वडाध्यक्ष उम्मेदवारले ७३० मत ल्याएका छन् । यस्तै, माडीको वडा नंं. ९ मा माओवादीका वडाध्यक्ष उम्मेदवारले ५४८ मत ल्याएर अग्रता लिएका छन् । एमाले वडाध्यक्ष उम्मेदवारले २७० मत ल्याएका छन्

लोकप्रिय