कर्मचारीहरुको तबल बृद्धि, मुख्यसचिव देखि खरिदारसम्मले कति पाउने भए तलब ?
काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९÷८० को बजेट वक्तव्यमार्फत सरकारी कर्मचारीको तलबम १५ प्रतिशतले वृद्धि घोषणा गरेको छ ।
सरकारको यो निर्णयबाट सरकारी कर्मचारीको तलब तीन हजारदेखि १० हजार रुपैयाँसम बढेको छ । अब कर्मचारीले आउँदो साउन १ देखि बढेको तलब पाउनेछन् ।
हाल मुख्यसचिवको तलब ६७ हजार १४० बाट बढेर ७७ हजार २११ पुगेको छ । त्यसैगरी सचिवको ६२ हजार ६८० रहेकोमा ७२ हजार ०८२ पुगेको छ । सहसचिवको ४९ हजार ३८० बाट बढेर ५६ हजार ७८७, उपसचिवको ४२ हजार ३८० बाट बढेर ४८ हजार ७३७, अधिकृत ३७ हजार ९९० ४३ हजार ६८८, नासुको ३० हजार २०० बाट बढेर ३४ हजार ७३०, खरिदारको २८ हजार ६१०बाट बढेर ३२ हजार ९०१ रुपैँया पुगेको छ ।
तलबबाहेक मुख्य सचिवदेखि कार्यालय सचिवसम्मका कर्मचारीले महंगी भत्ता बापत एकमुष्ट २ हजार रुपयाँ मासिक भत्ता पाउँछन् । अनि हरेक वर्ष एक ग्रेडका दरले वृद्धि भएको रकम समेत तलबका रुपमा पाउछन् । साथै वर्षको एकपटक पोशाक भत्ता समेत पाउँछन् ।


प्रतिकृया दिनुहोस्