नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर । नेपाली कांग्रेस क्षेत्र नं. २ भक्तपुरले आफ्नो क्षेत्रबाट केही समय अघि सम्पन्नस्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित मेयर, वडाध्यक्ष र नगर सदस्यहरुलाई सम्मान गरेको छ ।
सो कार्यक्रममा माला र टिका लगाई प्रमुख अथिति तथा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा र क्षेत्र नं. २ का सभापति भेष बहादुर कार्कीले सम्मान गर्नुभएको थियो ।
क्षेत्रीय कार्यसमितिका सदस्य रिना श्रेष्ठले स्वागत गर्नुभएको भयो ।
उक्त कार्यक्रममा जिल्ला सभापति दुर्लभ थापाले भर्खरै भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई विशेष धन्यवाद दिँदै बधाई ज्ञापन गर्नुभयो ।
उहाँले भक्तपुर जिल्लामा नेपाली कांग्रेस पहिलो पार्टी बन्न सफल भएकोमा खुसी समेत व्यक्त गर्नुभयो । आसन्न संघीय र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसलाई अझ बढी सशक्त रुपमा अगाडि बढाउन समेत कांग्रेसका नेता एवं कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै सभापति थापाले नेपाली कांग्रेस १४ औं अधिवेशनको धँनधँती विर्सिएर एकतावद्ध भएर नेपाली कांग्रेसलाई मजबूद बनाउन र भ्रष्टाचारको दल दलमा डुबेका कम्युनिष्टहरुलाई सदाको लागि पाखा लगाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको सभापत्वि गर्दै भेष बहादुर कार्कीले निर्वाचित वडाअध्यक्षहरुलाई क्षेत्रीय कार्यसमितिमा आमन्त्रित सदस्यमा नियुक्तिको घोषणा गर्दै गत २०७४ को स्थानीय निर्वाचनमा जितेका ९ वडा अध्यक्षहरुको स्थानमा आठ वटामा विजय प्राप्त गर्दै थप तीन स्थानमा थप विजय भएकोमा नेपाली कांग्रेस मजबूद हुँदै गएको भन्दै भक्तपुर जिल्लाका ४ नगरपालिकामध्ये २ नगरमा प्रमुख र १५ वडामा अध्यक्ष विजयी भएकोमा प्रसन्नता व्यक्त गर्दै थप वडा र नगरपालिकाहरुमा समेत विजय हुने वातावरण बनाउन निर्वाचित प्रतिनिधिहरुलाई इमान्दारितापूर्वक काम गरेर पार्टीको झण्डा उँचो बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा मध्यपुर नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले पार्टीको इज्जत जोगाएर अझ बढी सुदृढ र संगठित रुपमा काम गर्ने प्रतिद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम क्षेत्रीय सचिव सविन ढुँगेलले सञ्चालन गर्नुभएको थियो ।
भक्तपुरमा नेपाली कांग्रेस बलियो
भक्तपुर जिल्लामा ३८ वडा छन् जसमध्ये नेपाली कांग्रेसले १५ स्थानमा जित हाँसिल गर्दै सबैभन्दा बलियो पार्टीको रुपमा स्थापित हुन सफल भएको छ ।
नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाका दशवटै वडा र मेयर, उपमेयर पदमा जित हाँसिल गरेको छ । त्यसैगरी चाँगुनारायण र मध्यपुर थिमी नगरपालिकामा पनि १–१ वडाध्यक्ष विजयी भएका छन् । यो परिणामसँगै नेमकिपा दोस्रो स्थानमा रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमालेले अघिल्लो पटक जितेको मध्यपुर र चाँगुनारायण नगरपालिका मात्र गुमाएन सूर्यविनायक नगरपालिकामा २ वटा वडाध्यक्ष समेत गुमाउन पुगेको छ । सूर्य विनायक नगरपालिकामा अघिल्लो पटक ७ वडा अध्यक्ष जितेकोमा खुम्चेर ५ वटा वडामात्र जितेको छ ।
चाँगुनारायण नगरपालिकामा उपाध्यक्ष र २ वडा अध्यक्षमा विजयी भएको छ । एमालेको भक्तपुरमा ९ वटामात्र वडा अध्यक्ष छन् भने माओवादीले मध्यपुरमा कांग्रेससँग गठबन्धन गरेर उपमेयर र वडा नं. ६ मा एक नसस मात्र जितेर चौथो स्थान प्राप्त गरेको छ । राप्रपाले नगरकोट र बागेश्वरी चाँगुनारायण नपा ६ र ७ मा वडाध्यक्ष जितेको छ ।
कार्यक्रमका केही झलकहरु









प्रतिकृया दिनुहोस्