कामना सेवा विकास बैंकद्वारा  Entrepreneurship Development Programsf को प्रमाणपत्र हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा  Entrepreneurship Development Programsf को प्रमाणपत्र हस्तान्तरण

 

काठमाडौँ । कामना सेवा विकास बैंकद्धारा अन्तरप्रेरणासंगकोे सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धनकोउद्देश्यका साथEntrepreneurship Development Programsf  सञ्चालनगरिएको थियो ।

सो कार्यक्रमका सहभागीहरुलार्इ बैंकले मिति २०७९ साल जेष्ठ १६ गते सोमबार बैंकका सञ्चालक श्री विश्वेश्वर सुवेदीज्यू र प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतज्यूबाट प्रमाणपत्र हस्तान्तरण गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोे हो ।

कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख व्यवसायिक अधिकृत श्री श्रद्धा शाक्य, बैंकका प्रमुख व्यवसाय अधिकारी श्री घनश्याम ढुङ्गेल, तालिमका सहभागीहरु लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

बैंकले यस्ता कार्यक्रम गर्नुको मुख्य उद्देश्य उद्यमीहरुलाई प्रोत्सान गर्न र नेपालमा रहेको असीमित अवसरहरुलाई सही रुपमा पहिचान गरी नविन सिर्जना मार्फत देशमा आर्थिक स्थिरता बढाउन हो भनि बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतज्यूले बताउनु भएको बैकले जनाएको छ ।

लोकप्रिय