सशस्त्र प्रहरीकी इन्स्पेक्टर डा. अञ्जु गुरूङलाई सेवाबाट हटाउने

सशस्त्र प्रहरीकी इन्स्पेक्टर डा. अञ्जु गुरूङलाई सेवाबाट हटाउने

काठमाडौँ । बिदा नलिई लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेकी सशस्त्र प्रहरीकी इन्स्पेक्टर डाक्टर अञ्जु गुरूङलाई गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ। डाक्टर गुरूङ गत चैत १ गतेदेखि कार्यालयमा अनुपस्थित छिन्।

बिना सूचना लामो समयदेखि अनुपस्थित रहेको, सम्पर्क स्थापित गर्न नसकिएको र पदीय जिम्मेवारी तथा आचरणविपरीत कार्य गरेको देखिएकोले उनलाई सेवाबाट हटाउने तयारी गरिएको छ।

उनी मोरङको केराबारी घर भई एपिएफ अस्पताल बलम्बु काठमाडौंमा कार्यरत थिइन्।भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी गुरूङलाई सेवाबाट हटाउने गृह मन्त्रालयको तयारी भएकोे छ।

विभागीय कारबाही गर्न नपर्ने कारण भए सात दिनभित्र कारणसहित सफाइ पेश गर्न उनलाई गृह मन्त्रालयले सचिवस्तर निर्णय गर्दै सूचना प्रकाशित गरेर जानकारी गराएको छ।

सूचना प्रकाशित

लोकप्रिय