बलिउडका चर्चित गायक केकेको  निधन

बलिउडका चर्चित गायक केकेको  निधन

 

बलिउडका चर्चित गायक(  कृष्णकुमार कुननाथ) को मंगलबार राति कोलकातामा निधन भएको छ । उनलाई केकेको नामले चिन्थे ।५३ वर्षका उनी महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन आएका थिए । कार्यक्रममा नै उनले आफ्नो स्वास्थ्य बिग्रँदै गएको बताएका थिए ।

कार्यक्रमबाट फर्किएपछि उनलाई निजी अस्पताल लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव यतिबेला पोष्टमार्टमका लागि पठाइएको छ ।

लोकप्रिय