स्वास्थ्य विज्ञानको शैक्षिक कार्यक्रम पुरानो मेडिकल कलेज (COMS) चितवनमा
काठमाडौं विश्वविद्यालय (केयू)ले भारतका प्रतिष्ठित शैक्षिक संस्थाहरु इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी – हैदराबाद (आइआइटिएच) र इन्टरनेसनल इन्स्टिच्युट अफइन्फर्मेसन टेक्नोलोजी – हैदराबादसँगमिलेर संयुक्त डिग्री कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
यस सम्बन्धमा केयू र आइआइटिएच, आइआइ आइटिएचबीच समझदारी र सम्झौताहरु भएका छन् । काठमाडौं विश्वविद्यालयतथा नेपालको स्वास्थ्य सेवाको आवश्यकता परिपूर्ति गर्न आगामी शैक्षिक सत्रदेखि नै संयुक्त डिग्री कार्यक्रमहरु सुरु हुने समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा काठमाडौं विश्व विद्यालयका उपकुलपति प्राध्यापक भोला थापाले जानकारी दिए ।
यसअन्तर्गत सञ्चालन हुने हेल्थ केयर टेक्नोलोजीको शैक्षिककार्यक्रमहरुमा दुवै शैक्षिक संस्थाका प्राध्यापकबाट आधा आधा प्राध्यापन हुने, विद्यार्थी तथा भौतिक र वित्तीय स्रोतको आदान प्रदान हुने बताइएको छ । इन्जिनियरिङको क्षेत्रमा पनि संयुक्त डिग्री कार्यक्रम सञ्चाल नहुने बताइएको छ । यसबाट दक्षिण एसिया क्षेत्रको लागि आवश्यक पर्ने सक्षम जनशक्ति उत्पादनमा सघाउ पुग्ने प्राध्यापक थापाले बताए ।
स्वास्थ्य विज्ञान तर्फको शैक्षिक कार्यक्रम सुरुमा चितवनको भरपुरस्थित पुरानाने मेडिकल कलेज(कलेज अफ मेडिकल साइन्सेज)को हेल्थकेयर टेक्नोलोजीइन्नोभेसन सेन्टर (एचटिआइसी)मा हुने बताइएको छ । एचटिआइसी अत्याधुनिक शैक्षिक तथा अनुसन्धान केन्द्र हुने र त्यसले नयाँ नयाँ प्रविधि समेट्दै स्वास्थ्य क्षेत्रको अनुसन्धान अघि बढाउने छ भने इन्कुबेशन र विकसित उत्पादनको बजारीकरणमा पनि सहजीकरण गर्ने छ । एचटिआइसीले स्नातकोत्तरको शैक्षिक कार्यक्रम र पिएचडीको शोध कार्यक्रम पनि सञ्चालनगर्नेछ ।
स्नातकोत्तर कार्यक्रमर पिएचडी शोध चारपक्षीय संकायबाट सञ्चालनहुनेछ । विद्यार्थीले सुरुका ६ महिना कलेज अफ मेडिकल साइन्समा अध्ययन÷अनुसन्धानको काम गरेपछि उपयुक्तता अनुसार ६ महिनाका लागि अध्ययन÷अनुसन्धान गर्न आइआइ आइटिएच वा आइ आइटिएच पठाइने छ । त्यसपछि आवश्यकता अनुसार विद्यार्थीलाई ३ देखि ६ महिना एसओई पठाइने छ । त्यसपछिका बाँकी अवधि उनीहरुले कलेज अफ मेडिकल साइन्स फर्केर आफ्नो अध्ययन अनुसन्धान पूरा गर्नेछन् ।सम्झौता अनुसार त्यस्ता विद्यार्थीको शैक्षिक प्रमाण पत्रमा चार वटै संस्थाको दस्तखत र छाप हुनेछ । एचआइटिसीले स्नातकोत्तर र पिएचडीका लागिआधारको भूमिका खेल्ने बताइएको छ ।
समझदारी तथा सम्झौता हस्ताक्षर कार्यक्रममा सहभागी अर्थमन्त्री जनार्दन शर्माले गुणस्तरीय प्राविधिकजनशक्तिउत्पादनगर्ने चारवटै संस्थाको पहल प्रति धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमको लागि सरकारको तर्फबाट उचित सहयोग रहने पनि उनले बताए ।
शिक्षामन्त्री देवेन्द्र पौडेलले यस्ता कार्यक्रमबाट स्वदेशमा अझ गुणस्तरीय शिक्षा प्राप्त गर्ने मार्ग प्रशस्त हुने भन्दै सबै पक्षको प्रशंसा गरे । पुरानो मेडिकल कलेजका सञ्चालकभी नटराज प्रसादले धेरै अघि नै यस्तो शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारीमा आफूहरु रहे पनि कोरोना महामारीका कारण पछि धकेलिएको जानकारी गराए । अब
स्वास्थ्य क्षेत्रमा विश्वभर प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने अभियानले गतिलिने उनले बताए ।
कार्यक्रममा आइआइआई हैदराबादका निर्देशक निर्देशक प्राध्यापक बीएस मूर्तिले सम्झौता र समझदारी अनुसारका शैक्षिक कार्यक्रम कसरी सञ्चालन हुन्छ भन्ने विषयमा प्रकाश पारेका थिए ।


प्रतिकृया दिनुहोस्