आजबाट उठ्ने भो काठमाडौको फोहोर

आजबाट उठ्ने भो काठमाडौको फोहोर

काठमाडौ । काठमाडौं महानगरपालिकाभित्र थुप्रिएको फोहोर भोलि उठाउने सहमति भएको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको रोहबरमा हिजो भएको जनप्रतिनिधिहरुबीचको वार्ताले सो सहमति जुटाएको हो ।
शहरी विकास मन्त्रालय सिंहदरवारमा दिउँसो ३ बजे सुरु भएको वार्ता राति ७ः०० बजे सकिएको थियो । वार्तामा काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल सहभागी थिए । यसैगरी ललितपुर, ककनी, धुलिबेसी, गोकर्णेश्वरका जनप्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।
आज बिहान ८०० बजेबाट काठमाडौंको फोहोर उठाउने सहमति भएको छ । स्थानीय जनप्रतिनिधि विभिन्न मागहरू क्रमिकरुपमा पुरा गर्ने काठमाडौं महानगरपालिकाले प्रतिबद्धता जनाएको छ ।
शहरी विकास मन्त्रालय, काठमाडौैं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट विभिन्न प्रतिवद्धतासहितको सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । उक्त सहमतिअनुसार महानगरपालिकाकाले प्रभावित क्षेत्रका वासिन्दाको स्वास्थ्य बीमा एक हप्ताबाट सुरु गर्नेछ ।
उपत्यकामा उत्पादन हुने फोहोरलाई २०७९ साउन १ गतेदेखि स्रोतमै वर्गीकरण गर्न सुरु गर्ने पनि काठमाडौं महानगरपालिकाको प्रतिवद्धता रहेको छ । वातावरणीय प्रभाव मूल्यांकनका आधारमा ६ महिनाभित्र सिसडोलको पोष्ट क्लोजर सुरु गर्ने पनि सहमतिपत्रमा उल्लेख गरिएको छ ।

लोकप्रिय