लोसपाका नेताहरूलाई एकतामा आउन अध्यक्ष यादवको आह्वान

लोसपाका नेताहरूलाई एकतामा आउन अध्यक्ष यादवको आह्वान

जनकपुरधाम ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूलाई एकतामा आउन आह्वान गरेका छन् ।

विगतको समिक्षा गरी पुनः मिलेर काम गर्न सकिने उनले बताए । पार्टीको बैठकमा सहभागी हुन जनकपुरधाम आएका यादव संक्षिप्त कुराकानी गर्दै विगतको कदमलाई सच्याएर समिक्षा गर्दै पुनः मिल्न सकिने बताए ।

‘महन्थ ठाकुरजी जसपाबाट किन अलग हुनुभयो रु कुन लक्ष्य प्राप्तिका लागि पार्टी फोड्नुभयो रु कसको हितका लागि पार्टी फोड्नुभयो रु’ उनले भने, ‘उहाँहरूलाई केही भेटिएन । मात्रै मधेशलाई नोक्सान भयो, जनतालाई नोक्सान भयो । त्यसलाई समीक्षा गर्दै सच्याउँदै आउनुस्, सँगै मिलेर काम गरौं ।’

प्रधानमन्त्रीले दुई वटा मन्त्रालय दिएर जसपालाई सरकारमा ल्याउन खोजेको चर्चा छ नि भन्ने प्रश्नमा उनले यसमा सत्यता नभएको बताएका छन् । कम्तिमा आगामी चुनाव सम्म पाँचदलीय गठबन्धन कायम रहने समेत उनले बताएका छन् ।

लोकप्रिय