बागबजारमा ‘द सुज प्यालेस’मा जुत्तामेला सुरु
काठमाडौं । नेपाली ब्रान्डका जुत्ताचप्पल एकै ठाउँमा उपलब्ध हुने गरी काठमाडौंको बागबजारमा खुलेको ‘द सुज प्यालेस’मा जुत्तामेला सुरु भएको छ ।आज मंगलबार वाग्मती प्रदेसभाका सभामुख सानुकुमार श्रेष्ठले उक्त मेलाको उट्घाटन गरे । उनले नेपाल जुत्तामा आत्मनिर्भर केन्द्रित भएको र निर्यात पनि भइरहेको सुन्दा खुसी लागेको बताए । राज्यले इनिसियल लिएर यस उद्योगलाई थप विस्तार गर्नुपर्नेमा उनले जोड दिएका छन् ।नेपाली जुत्ता पनि विदेशीसँग प्रतिस्पर्धी छन् भनेर देखाउन मेलामा ९० प्रतिशत नेपाली र १० प्रतिशत विदेशी जुत्ता राख्दा नेपाली ब्रान्डको विश्वसनीयता पनि बढाउने उनले बताए ।
स्मार्ट सुज, केटीएम सुज, भेनस सुज र सम्राज सुज उपलब्ध रहेको ‘द सुज प्यालेस’मा १२ महिना नै जुत्ता मेला सञ्चालनको उद्देश्य राखिएको मेलाका संयोजक प्रमोद महतोले बताए । १२ महिनामा १२ अफरसहित मेला गर्न सकिने भन्दै शो रुममा नै मेला गर्न लागिएको उनले उल्लेख गरे ।शो रुमामा १० प्रतिशत विदेशी र ९० प्रतिशन नेपाली जुत्ता राखिने उनले बताए । मूल्य र गुणस्तर तुलना गरेर नेपाली उत्पादन प्रतिस्पर्धी छ भनेर देखाउन पनि १० प्रतिशत विदेशी ब्रान्डका जुत्ता राखिने उनको भनाइ रहेको छ ।
अहिले भृकुटीमण्डमा ुबाह्रमासे मेलाु लाग्ने गरे पनि त्यसको लागत अत्यधिक रहेको र उच्च लागतमा मेला गर्नुपर्दा जुत्ताको गुणस्तर नभएको नेपाल फुटवेयर म्यानुफ्याक्चर एसोसिएसनका महासचिव ज्ञोनेन्द्र घिमिरे बताउँछन् । “भृकुटीमण्डमा नेपाली जुत्ता मेलाको नाममा गुणस्तरहीन जुत्ता बिक्री भइरहेको छ,” उनले भने, “नेपालमा कम्पनी दर्ता मात्रै गर्ने र विदेशबाट जुत्ता ल्याएर बिक्री गर्दै ग्राहकलाई भ्रममा राख्ने काम भएको छ ।”
एसोसिएसनका अध्यक्ष नानिराज घिमिरले नेपाली बजारमा १५ करोड जोर जुत्ता उत्पादन क्षमता रहेको र माग भने वार्षिक १० करोड जोर मात्रै रहेकाले जुत्तामा नेपाल आत्मनिर्भरोन्मुख रहेको बताए । सरकारले यस उद्योगलाई संरक्षण गरेको भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा समस्या भएको उनको भनाइ छ ।
हाल नेपालमा सानाठूला गरी १५ सयभन्दा बढी उद्योगबाट वार्षिक १५ करोड जोर जुत्ता उत्पादन क्षमता रहेको उनले बताएका छन् ।


प्रतिकृया दिनुहोस्