लुम्बिनी विकास बैंक र अन्नपूर्ण केबुलकार बिच सम्झौता

लुम्बिनी विकास बैंक र अन्नपूर्ण केबुलकार बिच सम्झौता

लुम्बिनी विकास बैंकलि. ले पोखरा अवस्थित अन्नपूर्ण केबुलकारमा आफ्ना ग्राहक महानुभावहरुलाई केबुलकार सेवामा छुट दिनको लागि सम्झौता गरेको छ । सम्झौतामा उल्लेख भएअनुसार लुम्बिनी विकास बैंक लि. का आफ्ना ग्राहकहरुलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवाप्रयोग गरि अन्नपूर्ण केबुलकारको टिकट लिए बापत भुक्तानी गर्दा १०% छुट प्रदानगर्ने छ ।

पोखराको सेदीदेखी सारङकोटसम्म सञ्चालनमा आएको केबुलकार पर्यटकको आकर्षक गन्तब्य बनेको कम्पनीले जनाएको छ ।यस बिकास बैंकले देशका७ वटै प्रदेशमा ८६ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिकएवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा“मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको बैकले जनाएको छ ।

लोकप्रिय