पत्रकार किशोर नेपालको नामबाट १ लाख १ हजार १०० रुपैयाँ राशीको पुरस्कार घोषणा
काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपालको नामबाट १ लाख १ हजार १०० रुपैयाँ राशीको ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ । पत्रकार नेपालको ७०औं जन्मोत्सवका अबसरका मिडिया इन्टरनेसनलले उक्त राशीको पुरस्कार घोषणा गरेको हो ।
नेपाल पत्रकार महासंघका पूर्वध्यक्ष समेत रहेका नेपालको नाम बाट मिडिया इन्टरनेसनलले हरेक वर्ष पुरस्कार प्रदान गर्ने बताएको छ ।नेपाली पत्रकारितामा किशोर नेपाल ७० वर्षको उमेरमा पनि सक्रिय पत्रकारकै रुपमा छन् ।
राष्ट्रिय स्तरका कैयौं पत्रपत्रिकाको सम्पादकको जिम्मेवारीमा रहेर काम गरिसकेका नेपालको ७०औँ जन्मोत्सवका अबसरमा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा वरिष्ठ अर्थविद समेत रहेका विश्वम्भर प्याकुरेलले किशोर नेपालको नामबाट पत्रकारिता पुरस्कार स्थापना गर्नु महत्वपूर्ण काम भएको बताएका छन् ।


प्रतिकृया दिनुहोस्