सिन्धुली अस्पतालको बिरामीहरुलाई फलफूल तथा जुस वितरण

सिन्धुली अस्पतालको बिरामीहरुलाई फलफूल तथा जुस वितरण

 

सिन्धुली । सिन्धुली अस्पतालमा रहेका हरेक बिरामीहरुलाई फलफूल तथा जुस वितरण गरिएको छ। बागमती प्रदेश युवा परिषदको स्थापना दिवसको अवसरमा आज (बुधबार) बागमती प्रदेश सभा सदस्य लेखनाथ दाहाल ‘राजन’ले ३५ जना बिरामीहरुलाई फलफूल तथा जुस वितरण गरेका हुन्।

सिन्धुली युवा परिषद समितिले स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य दाहालको हातबाट अस्पतालमै पुगी बिरामीहरुलाई फलफूल र जुस वितरण गरिएको प्रदेश युवा परिषदका अध्यक्ष हेम कार्कीले जानकारी दिएका छन्।

फलफूल वितरण कार्यक्रममा सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहाल, गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, हरिहरपुरगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष कार्साङ लामा, सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेल लगायतको उपस्थिती रहेको थियो।

लोकप्रिय