नेपाल राष्ट्र बैंकले सुपारी, मरिच, केराउ र छोकडाको आयातमा नगद मार्जिन हटायो

नेपाल राष्ट्र बैंकले सुपारी, मरिच, केराउ र छोकडाको आयातमा नगद मार्जिन हटायो

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपारी, मरिच, केराउ र छोकडा आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था हटाएको छ । आज बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई एक परिपत्र जारी गर्दै केन्द्रीय बैंकले यस्ता वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था हटाएको हो ।

अब उद्योगले कच्चा पदार्थको रुपमा सुपारी, मरिच, केराउ र छोकडाको आयात गर्दा नगद मार्जिन लागू हुने छैन । डलर सञ्चितिमा चाप परेको भन्दै यस अघि केन्द्रीय बैंककले ४९ समूहका ३ सय बढी वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था गरेको थियो । राष्ट्र बैंकको यो व्यवस्थाले अब व्यापारीले यी वस्तुको आयात गर्न पनि नगद मार्जिन राख्नु पर्दैन ।

लोकप्रिय