अयोग्य कर्मचारी भर्ति गर्ने चिया तथा कफी बोर्डका तत्कालीन प्रमुखसहित चारलाई अख्तियारको दण्डा

अयोग्य कर्मचारी भर्ति गर्ने चिया तथा कफी बोर्डका तत्कालीन प्रमुखसहित चारलाई अख्तियारको दण्डा

काठमाडौँ । कर्मचारी नियुक्तमा चलखेल गर्ने राष्ट्रिय चिया तथा कफी विकास वोर्डका तत्कालीन कार्यकारी निर्देशक सहित चारजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

आयोगले बुधवार वोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुइटेल र लेखा अधिकृत टंकप्रसाद ओली विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो । उनीविरुद्ध गलत प्रतिवेदन तयार गरी भ्रष्टचार गरेको अभियोग रहेको छ ।

२ असोज ०७२ मा गोरखापत्रमा प्रकाशित सूचनाबमोजिम विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेको कृषी प्राविधिक र लेखापालमा शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरुलाई नियुक्त दिएको थियो । यसमा संलग्न रहेको आरोपमा आयोगले चारजना विरुद्ध मुद्दा दायर गरेको हो ।

पदपूर्ति समितिको संयोजक वोर्डका कार्यकारी निर्देशन गौतमले न्यूनतम शैक्षिक योग्यता नहेरी तोकिएको न्यूनतम शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरुको दरखास्त फाराम स्वीकृत गर्ने र गर्न आदेश दिने काम गरेका आयोगको आरोप छ । विनियमावली र विज्ञापनमा उल्लेखित न्यूनतम शैक्षिक योग्यता नहेरी बद्नियत पूर्वक न्यून तथा अमिल्दो शैक्षिक योग्यताको तथ्यलाई लुकाएर याग्यता नपुगेका आवेदकहरुको दरखास्त ठीक भएको प्रमाणित गरी प्रतिवेदन स्वीकृती गरेको दावी आयोगको छ ।

लोकप्रिय