हमन्त्री खाँणद्वारा सि.सं. २ गोताखोर तालिम समापन
चितवन । माननीय गृहमन्त्री बालकृष्ण खाँणज्यूले सशस्त्र प्रहरी बल नेपाल विपद्व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि।सं। २ गोताखोर तालिमकोजेठ २८ गते एक समारोहका बीच समापन गर्नुभएको छ ।
सोही अवसरमा गृहमन्त्री खाँणले उक्त तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थीसशस्त्र प्रहरी जवान शिव कोलीलाई पुरस्कार प्रदान गर्नुभयो ।गृहमन्त्री खाँणले तालिम सफलता पूर्वक सम्पन्न गरी कार्यक्षेत्रमा खटिईजान लागेका गोताखोरहरुलाई हार्दिक बधाई दिनुहुुँदै सशस्त्र प्रहरीलेपानिजन्य विपद् उद्वारका लागि तयार गरेको जनशक्ति तथा अन्य विपद् उद्वारकार्य प्रशंसनिय रहेको बताउनुभयो ।
उहाँले विपद् व्यवस्थापनका लागि आवश्यक श्रोतसाधन, तालिम र सेवा सुविधाबढाउन गृहमन्त्रालय सकारात्मक रहेको चर्चा गर्नहुँदै विपद्को समयमा पूर्वतयारी र विपद् पछि खोजी र उद्वारका लागि सशस्त्र प्रहरीलाई सदैव तयारीहालतमा रहन निर्देशन दिनुभयो ।
गृहमन्त्री खाँणले विपद् जोखिम न्यूनिकरणको लागि सशस्त्र प्रहरी बलनेपाल अब्बल सुरक्षा निकायको रुपमा प्रस्तुत भएको बताउनुहुँदै यस्ताकार्यको लागि नेपाल सरकार तथा गृहमन्त्रालयको तर्फबाट निरन्तर सहयोग रसहजिकरण गरिने उल्लेख गर्नुभयो ।उहाँले गोताखोर जस्तो जोखिमयुक्त तालिम गराउनको लागि सहयोग पु¥याउनुहुने
दातृनिकाय, विदेशी प्रशिक्षक, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सरोकारवाला निकायहरुप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।समारोहमा माननीयगृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी महानिरीक्षकराजु अर्याललाई राष्ट्रिय विपद्् जोखिम न्यूनिकरण तथा व्यवस्थापनप्राधिकरणको तर्फबाट उपलब्ध गराईएको ९७ लाख रुपैयाँ बराबरको विभिन्न विपद् उद्वार सामाग्री समेत हस्तान्तरण गर्नुभयो ।
सोही अवसरमा गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बल नेपाल तालिमशिक्षालय कुरिन्टारमा रहेको डिजास्टर म्यानेजमेन्ट रेकर्ड एण्ड एक्जिविसनसेन्टरको समेत अवलोकन गर्नुभयो ।सोही समारोहमा गृहसचिव टेकनारायण पाण्डेले विपद्मा परेका आम नागरिककोजीउ धनको सुरक्षा गर्नु सबैको कर्तव्य रहेको चर्चा गर्नुहुँदै विपद् तथामहामारी आउनु भन्दा पहिल्यै तयारी भएर बस्न सकिएमा कार्यक्षेत्रमा सदैवसफलता मिल्ने बताउनुभयो ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापनकोक्रममा राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा तल्लीन रहँदै राज्यले सुम्पिएको दायित्व र जिम्मेवारीका क्षेत्रहरुमा कटिवद्ध र त्रुटिरहितढंगबाट परिचालन हुने बताउनुहुँदै आपत विपद् र महामारीको समयमा समेतअग्रपंक्तिमा रहेर आम नागरिकको जीउ धनकोसुरक्षाको लागि सशस्त्र प्रहरीबल नेपाल अहोरात्र क्रियाशिल रहिरहने बताउनुभयो ।उहाँले यस्ता तालिम आफैमा जोखिमयुक्त र चुनौतीपूर्ण रहेको बताउनुहुँदैविपद् व्यवस्थापन तथा जोखिमयुक्त उद्वार कार्यमा खटिने सुरक्षाकर्मीलाईखटिएको समयमा दैनिक भत्ताको व्यवस्था भएमा उद्वारमा परिचालन हुनेसुरक्षाकर्मीहरुको मनोवल उच्च हुने उल्लेख गर्नुभयो ।
समारोहमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणकाप्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सशस्त्र प्रहरी बल नेपाल विपद्व्यवस्थापन तालिमशिक्षालय कुरिन्टारसँग सहकार्य गरेर गोताखोर तालिमसम्पन्न गराउन पाउँदा खुशी व्यक्त गर्नुहुँदै आगामी दिनमा समेतशिक्षालयसँग सहकार्य र समन्वयन गर्दै अगाडी बढने उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारकासमादेशक का।मु। सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक अन्जनी कुमार पोखरेललेस्वागत मन्तव्यको क्रममा गोताखोर जस्तो महत्वपूर्ण तालिम संचालन गर्न पाउँदा यसलाई एउटा अवसरको रुपमा लिएको बताउनुुहँुदै आगामी दिनहरुमा समेतयस खालका तालिम निरन्तर चलिरहने विश्वास व्यक्त गर्नुभयो ।
पाँच हप्ता अवधिको उक्त तालिम २० जना सशस्त्र प्रहरी कर्मचारीहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् । तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाईसशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीस्थित सप्तकोशी नदि, पोखराको फेवाताल र मकवानपुरको ईन्द्र सरोवरमा समेत तालिमकोअभ्यास गराईएको थियो ।सोहीअवसरमा नदिजन्य दुर्घटनामा उद्वार सम्बन्धि डेमो समेत प्रदर्शन गरिएको थियो । सो समारोहमा राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणकासहसचिव रामेश्वर मरहट्ठा,चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मानतामाङ, धादिङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर लम्साल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठअधिकृतहरु तथा नेपाल प्रहरीकाजिल्लास्थित प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।


प्रतिकृया दिनुहोस्