श्रीमतीको कचकच सहन नसकेर गणेशले आफ्नै घाँटी रेटे
काठमाडौ । श्रीमतीको कचकच सहन नसकेर काठमाडौंको काँडाघारीमा एक युवकले आफ्नै घाँटी रेटेरआत्महत्या गर्ने प्रयास गरेका छन् । ओखलढुंगाको चम्पादेवी नगरपालिका–४ घर भई काँडाघारीस्थित ढुंगेधारामा बस्ने २८ वर्षीय गणेश कार्कीले चक्कुले घाँटी काट्ने प्रयास गरेका हुन् ।
दम्पतीको बीचमा मनमुटाव हुँदा कार्कीले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ। प्रहरी प्रभाग काँडाघारीको टोलीले उद्दार गरेर उनलाई अस्पताल पठाएको छ । चक्कुले काटेर उनको घाँटीको अगाडीको भागमा चोट लागेको छ ।

प्रतिकृया दिनुहोस्